FAQs Complain Problems

समाचार

गरिव घर परिवार परिचय पत्रका लागि तथ्याङ संकलनको काम सम्पन्न

गरिव घर परिवार परिचय पत्रका लागि तथ्याङ संकलनको काम सम्पन्न

दाङ जिल्लाको राप्ती गाउँपालिकामा गरिव घर परिवार पहिचान गरि परिचय पत्र वितरणका लागि गरिएको तथ्याङ संकलनको काम सम्पन्न गरिएको छ ।
गत फागुन देखी सुरु भएको तथ्याङ संकलनकार्य कोरोना कहरका कारण केहि समय रोकावट भएपनि गत जेष्ठदेखी पुःन समाजिक दुरी कायम गर्दै सुरु गरिएको थियो ।
एक जना सुपरिबेक्षक र सात जना गणक सहितको टोलीले राप्ती गाउँपालिका क्षेत्रको सम्पुर्ण घर परिवारको सम्पुर्ण जानकारी सहित तथ्याङ संकलन गरेको र राप्ती गाउँपालिकामा पछिल्लो तथ्याङ अनुसार १० हजार ७ सय विस घरधुरीको विवरण लिईएको सुपरिबेक्षक बासुदेव थापाक्षेत्रीले जानकारी दिनु भएको छ । 
गरिव घर परिवार पहिचान गरि परिचय पत्र वितरणका लागि गरिएको तथ्याङ संकलकले भुमि ब्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्रालयको सर्भरमा पठाएको जानकारीका आधारमा कुनै घरपरिवारको बर्गीकरण गरिने ब्यवस्था रहेको छ । सो तथ्याङ संकलन राप्ती गाउँपालिकामा कम्प्युटर एसिस्टेड पर्सनल ईन्टरभ्यु सिस्टम वाट गरिएको थियो ।
गाउँपालिकाले गरिव घर परिवार पहिचान गरि परिचय पत्र वितरणका लागि गरिएको तथ्याङ संकलनको कामलाई प्रभावकारी रुपमा सञ्चालन र सम्पन्न गर्न साथै कोहि घरपरिवार सो तथ्याङ लिने काम वाट नछुट्ने ब्यवस्थाका लागि वडा, टोल, समुह बाट जानकारी, सञ्चार माध्यम वाट सुचना प्रवाह गरि नागरिकमा चेतना फैलाईएको थियो । 
कुनै एक घरको तथ्याङ दिने समययमा घरमुलीको नाम, परिवार संख्या, जग्गाको विवरण, अन्य आम्दानीको श्रोत लगायत करिव १०० बढि प्रश्न मा रहेर जानकारी, घरको र घरमुलीको फोटो खिच्ने काम तथा जिपीयस लोकेसन समेत लिईएको सुपरिबेक्षक बासुदेव थापाक्षेत्रीले जानकारी दिनु भएको छ । 
गरिव परिवारको बर्गीकरण र प्रारम्भिक सुचि प्रकाशनका लागि भुमि ब्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्रालयले संकलित तथ्याङ विश्लेषण तथा स्वीकृत परिमार्जन  सुचि समेतको आधारमा गरिव परिवारलाई अति गरिव, मध्यम गरिव, सामान्य गरिवमा वर्गिकरण गर्ने कार्यक्रम रहेको छ । मन्त्रालयको योजना अनुसार गरिव परिवारको रुपमा पहिचान भएका परिवारलाई परिचय पत्रको आधारमा ब्यवस्था तथा कार्यक्रम ल्याउने योजना रहेको छ । 
गरिव परिवार पहिचान तथा परिचय पत्र वितरण निर्देशिका  २०७५ को अनुसुचि १ को गरिव परिवार पहिचानका सुचकहको आधारमा मापडण्ड निर्धारण गरि गरिव परिवार र गरिवीको प्रकार पहिचानका लागि तथ्याङ विश्लेषण प्रोक्सी मिन्स टेस्ट वा अन्य प्रचलित विधि द्धारा प्रत्यक परिवारको प्राप्त गरेको समृद्धि मापन सुचकाङकले निर्धारण गर्ने ब्यवस्था रहेको छ ।  
गरिव परिवार पहिचानको सुचि प्रत्येक पाँच वर्षमा अध्यावधिक गर्न सक्ने र गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका २०७५ बमोजिम परिचय पत्र प्राप्त गर्ने ब्यत्ति वा परिवारले प्रचलीत कानुन बमोजिम सार्वजनिक तथा अन्य निकायवाट प्रदान गरिने सुविधा र सहुलीएत प्राप्त गर्न सक्ने ब्यवस्था रहेको छ ।

 

तिर्थराज ज्ञवाली
भदौ ३१, मसुरीया(देउखुरी दाङ)

 

आर्थिक वर्ष: