FAQs Complain Problems

समाचार

गाउँपालिकाको सेवा थप चुस्त र दुरुस्त बनाउन जोड

गाउँपालिकाको सेवा थप चुस्त र दुरुस्त बनाउन जोड

राप्ती गाउँपालिका गाउँ कार्यपालिका तथा ९ वटै वडा बाट नागरिकका लागि सेवा थप चुस्त र दुरुस्त बनाउन विहिवार सम्पुर्ण कर्मचारीलाई निर्देशन गरिएको छ ।
राप्ती गाउँपालिका गाउँ कार्यपालिकाका तथा ९ वटै वडाहरुमा नागरिक तथा सेवाग्राहिको सेवा सुविधा तथा यस आर्थिक वर्षको योजना तथा कार्यक्रमहरुको अवस्था तथा प्रगतिका बारेमा कर्मचारीहरु विचको छलफल कार्यक्रममा कर्मचारीलाई निर्देशन गरिएको हो ।
राप्ती गाउँपालिकाको तेस्रो गाउँसभाबाट स्वीकृत भएका योजनाहरुलाई हिले योजना बाट बचाउदै समयमै सम्पन्न गर्ने अभियान सहित प्राविधिकहरु संग छलफल गरे पश्चात सम्पुर्ण कर्मचारीहरु विच छलफल गरिएको हो ।
छलफल राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ट आथित्यता, वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसी वडा नं २ का वडा अध्यक्ष जगत बहादुर थापाको विशेष आथित्यतामा कर्मचारीहरु विच छलफल गरिएको हो ।
छलफलमा राप्ती गाउँपालिकाका यस आर्थिक वर्षका सम्पुर्ण स्वीकृत योजना तथा कार्यक्रमहरु, शिक्षाको प्रगति अवस्था, स्वास्थ्यको प्रगति अवस्था, कृषि पशु सेवाको प्रगति अवस्था, लेखा, प्राविधिक महिला तथा बालबालीका, क्षेत्रका, वडाहरुको प्रगति अवस्था, रोजगार, सञ्चार क्षेत्रको प्रगति अवस्था तथा सम्पुर्ण सेवा क्षेत्रलाई समयमै गुणस्तरिय रुपमा सम्पन्न गर्न, उपभोक्ता समतिलाई सहयोग गर्न, सेवा लिन आउनुहुने सेवा ग्राहिलाई सरह तवरले कानुन सम्वत सेवा दिन, योजनाका कार्य सुरुहुन पुर्ब स्टीमेट निर्माणमा वा जानकारी दिनेकार्यमा समयमै सहयोग गर्न समेत सुझाब तथा निर्देशन समेत गरिएको छ । 
कर्मचारी छलफल कार्यक्रममा काम गर्ने क्रममा भोग्दै आएका समस्याहरुका वारेमा समेत छलफल गरिएको र समाधानका उपाय  समेत खोजिएको छ ।

तिर्थराज ज्ञवाली 
 २१ चैत्र, मसुरीया(देउखुरी दाङ)

आर्थिक वर्ष: