FAQs Complain Problems

समाचार

गाउँपालिकामा मिलापको कार्यक्रम तथा योजना प्रस्तुत

गाउँपालिकामा मिलापको कार्यक्रम तथा योजना प्रस्तुत

राप्ती गाउँपालिकामा मिलाप कृषि बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्यक्रम तथा योजना प्रस्तुत गरेको छ ।  
राप्ती गाउँपालिका गाउँपालिका वडा नं ४ मौरीघाटमा केन्द्रिय कार्यालय रहेको मिलाप कृषि बचत तथा ऋण सहकारी संस्थाले अस्ट्रेलिएन एड र कारितास नेपालको सहयोगमा राप्ती गाउँपालिकाका वडा नं ४, ५, ६ र ९ मा सञ्चालन हुदै गरेका र आगामी दिनमा गरिने योजना तथा कार्यक्रमको वारेमा गाउँकार्यपालिकालाई जानकारी गराएको हो ।
मिलाप कृषि सहकारी संस्थाले जिविकोपार्जनका लागि उत्थानशिल परियोजनाको बालबालीका तथा युवा सशक्तिकरण कार्यक्रमको वारेमा जानकारी गराईएको छ । 
कार्यक्रममा गाउँपालिका र संस्थाको तर्फवाट मिलेर गर्न सकिने विभिन्न अभियान तथा कार्यक्रमको वारेमा छलफल गरिएको छ । साथै  बालमैत्रि विद्यालय निर्माण, बाल विवाह न्युनिकरण,  बाल दुब्यवहार  रोकी बाल अधिकार संरक्षण गर्ने एकै उदेश्य भएका कार्यक्रमलाई संयुक्त रुपमा  संञ्चालन गर्न के गर्न सकिन्छ भन्ने वारेमा पुन छलफल गर्ने निर्णय गरिएको छ ।
सिमान्तकृत  तथा जोखीममा परेका समुदायलाई  दिगो कृषि, सहकारी, तथा लघु ब्यवसाय कार्यक्रम मार्फत दिगो जिवीकोपार्जनका लागि नागरिकलाई शसत्तिकरण गरि आधारभुत  आर्थिक सम्पन्नतामा सुधार गर्ने लक्ष्य सहित कार्य गर्दै आएको मिलाप कृषि सहकारी संस्थाले राज्य संग सहकार्य गरि कार्य गर्न चाहेको बताईएको छ ।
कार्यक्रम तथा योजना प्रस्तुत कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, वडा अध्यक्ष  गोवर्धन रावत, बेद प्रसाद चौधरी, चन्दर चौधरी,  महिला तथा बालबालीका शाखा की सहायक महिला विकास निरीक्षक  विनिता अधिकारी, कारीतासका, काअ ऋषि शर्मा, क्षेत्रिय ब्यवस्थापक जनक शर्मा, संस्थाकी अध्यक्ष रत्न तिवारी श्रेष्ठ, अनु चौधरी, रन्जना चौधरी, नर्वदा चौधरी संञ्चार संयोजक तिर्थराज ज्ञवाली लगाएतको सहभागीता रहेको थियो ।
मिलाप कृषि सहकारी संस्थाले आगामी योजना मार्फत  १० जना युवाहरुलाई घुम्तिकोष लगानी गर्ने, युवाहरुलाई सिप विकास सम्बन्धि ब्यवशायिक तालिम प्रदान गर्ने, आधारभुत सर्बेक्षण संञ्चालन गर्ने, बाल क्लव गठन पुनः गठन गर्ने, सरोकार निकाय संग बैठक सञ्चालन गर्ने, बाल क्लवहरुको अतिरिक्क्त क्रियाकलाप सञ्चालन गर्ने, युवा क्लव गठन पुनः गठन गर्ने, पैरवि तथा सचेतना गर्ने, सुशासन र जवाफदेहिता सम्वन्धि तालीम संञ्चालन गर्ने, क्लवहरुको  कार्ययोजना तयार गर्ने लागएतका कार्य गर्दै आईएको र गर्ने योजना रहेको जानकारी दिईएको छ ।
 

तिर्थराज ज्ञवाली
११ चैत्र, मसुरीया(देउखुरी दाङ)

आर्थिक वर्ष: