FAQs Complain Problems

समाचार

गाउँपालिकाले गरेको लगानि तथा दिएको ज्ञानलाई ब्यवहारमा उतारेर स्वरोजगार बन्न राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको आग्रह

गाउँपालिकाले गरेको लगानि तथा दिएको ज्ञानलाई ब्यवहारमा उतारेर स्वरोजगार बन्न राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले पलम्विङ तथा हाउस वाईरिङ तालिममा सहभागीहरुलाई आग्रह गर्नुभएको छ ।

राप्ती गाउँपालिकाको आयोजनामा सञ्चालीत३० दिने पलम्विङ तथा हाउस वाईरिङ तालिमको एक कार्यक्रम विच आईतवार मसुरीयामा समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष नुमानन्द सुवेदिले आग्रह गर्नुभएको हो ।

राप्ती गाउँपालिका सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी तथा प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालको विशिष्ठ आथित्यतामा आयोजित पलम्विङ तथा हाउस वाईरिङ तालिम समापन कार्यक्रममा राप्ती गाउँपालिकाकासबै वडावाट प्रतिनिधित्व गर्ने ३० जना प्रशिक्षार्थिहरुलाईतालिम अनुसारको सहायक सामाग्री समेत प्रदान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नुमानन्द सुवेदिले  गाउँपालिकाले नागरिकहरुलाई स्वरोजगार बनाउने उदेश्य अनुसार विभिन्न तालिमको आयोजना गरिएको र यस पलम्विङ तथा हाउस वाईरिङ तालिमले ३० युवाहरुलाई स्वरोजगार बन्ने बाटो तर्फ उन्मुख गराएकोहुदा आगामी दिनमा पुनः थप तालीमको समेत गाउँपालिकाले आयोजना गर्ने बताउनु भएको छ ।

कार्यक्रममासामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीउपाध्यक्ष जगदम्वा कुमारी चौधरी तथा प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले सहभागीहरुको उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभएको छ ।

तालिममा सहभागीमध्यका  वडा न. ९ देविकोटका गोविन्द रोका तथा वडा न. २ का माधव पौडेलले गाउँपालिकाले दिएको तालिमको सहि सदुपयोग गर्दै आफ्नो जिवन स्तर सुधार्न तालिमले सहयोग गर्नेे जानकारी दिनुभएको छ ।

आर्थिक वर्ष: