FAQs Complain Problems

समाचार

घटनाप्रति सिसहनिया उ.वा.संघ द्धारा दुःख ब्यक्त साझ सम्झनामा दिप प्रज्वलन

घटनाप्रति सिसहनिया उ.वा.संघ द्धारा दुःख ब्यक्त साझ सम्झनामा दिप प्रज्वलन
  
 ९ पुस, सिसहनिया, दाङ ।

दाङको तुलसीपुर–सल्यान सडक खण्ड अन्तर्गत  तुलसीपुर ३ राम्रीमा शुक्रबार भएको दुर्घटना प्रति सिसहनिया उद्योग वाणिज्य संघले दुःख ब्यक्त गरेको छ ।

सोमवार सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षतामा आकस्मीक बसेको बैठकले सोमवार एक शोक विज्ञप्ती जारी गरि मृतकप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै घाईतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना गरिएको महासचिव ईश्वरी अधिकारीले जानकारी दिनुभएको छ ।
सिसहनिया उद्योग वाणिज्य संघका आयोजनामा सिसहनिया चोकमा सोमवार साझ मृतकहरुको सम्झनामा दिप प्रज्वलन गरि सिसहनिया वजारमा शोक मनाईएको छ । कार्यक्रममा सिसहनिया बजारका उद्योगी, ब्यापारी, नागरिकहरुको   सहभागीता रहेको थियो ।
सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारी को अध्यक्षतामा शोक सभाको आयोजना गरिएको थियो । दुर्घटनामा शिक्षक र बिद्यार्थीहरुको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको प्रति दुःख ब्यक्क्त गरिएको छ  ।

आर्थिक वर्ष: