FAQs Complain Problems

समाचार

घरेलु हिंसा न्यूनिकरणको लागि दम्पत्तीलाई तालिम

पुस १ देऊखुरी दाङ दाङ जिल्लाको राप्ती गाउँपालिका घरेलु हिंसा न्यूनिकरणको श्रीमान श्रीमतिलाई संगै राखेर तालिम दिईएको छ । एकीकृत सामुदायिक विकास परियोजना संचालन गर्दै आएको नामासालिङ सामुदायिक विकास केन्द्रले राप्ती गाउँपालिका वडा न. ३ का श्रीमान श्रीमतीलाई सहभागी गराएर एकदिने लैङ्गिकहिँसा सम्बन्धी पारिवारिक परामर्श तालिम संचालन गरेको हो । केन्द्रले गठन गरेका देऊखुरी क्षेत्रका विभिन्न १० वटा समूहका २४ जना दम्पत्ती उक्त तालिमममा सहभागी रहेका थिए । तालिममा विशेषगरी लैङ्गिक अवधारणा र लिङ्गका आधारमा हुनसक्ने घरेलु हिंसा एवम् त्यसको समाधानका लागि पारिवारिक परामर्शका विभिन्न उपायहरु समावेश गरिएको थियो । भृकुटी महिला विकास सहकारीको भवनमा संचालन भएको उक्त तालिमको सहजीकरण नामसालिङ सामुदायिक विकास केन्द्रका सुसाशन संयोजक विनोद निरौला तथा पुस्तमा पुनले गर्नुभएको केन्द्रका शशाङ्क बाबु आचार्यले जानकारी दिनुभएको छ ।

आर्थिक वर्ष: