FAQs Complain Problems

घाँसको विउ र मिनरल ब्लक बितरण सुरु

घाँसको विउ र मिनरल ब्लक बितरण सुरु

राप्ती गाउँपालिका पशुसेवा शाखाले कृषकहरुलाई अनुदानमा घाँसको विउ र मिनरल ब्लक बितरण सुरु गरेको छ । 
शुक्रवार एक कार्यक्रमको आयोजना गरि राप्ती गाउँपालिकाका कृषि प्रशार अधिकृत महेश अधिकारीले ब्यवसायीक कृषक केशब शर्मा तथा दुग्ध उत्पादक कृषक हरिनारायण चौधरीलाई टिओसेन्टी मकैचरी घाँसको विउ र मिनरल चक्की वितरण गर्दै कार्यको सुरुवात गरिएको छ ।
राप्ती गाउँपालिका पशु सेवा शाखाको यस आर्थिक वर्षको स्वीकृत बार्षिक कार्यक्रम अनुसार पशु सेवा शाखाले ब्यवसायीक कृषक, दुग्ध उत्पादक कृषक लाई अनुदानमा टिओसेन्टी मकैचरी घाँसको विउ साथै बाख्रापालक समुह कृषकहरुलाई मिनरल चक्की वितरण सुरु गरिएको पशु प्राविधिक सहायक राज विक्रम चौधरीले बताउनु भएको छ ।
टिओसेन्टी मकैचरी घाँस पोषिलो तथा उत्पादन बृद्धिमा फाईदाजनक घाँस रहेको र मिनरल चक्की गाई, भैसी र भेडा बाख्राको लागि अति लाभदायक रहेको र मिनरल चक्कीमा प्रोटिन, खनिज, भिटामिन प्राप्त हुने जसले मासु तथा दुग्ध उत्पादन बृद्धिमा सहयोग पुग्ने पशु प्राविधिक सहायक शेर बहादुर हमालले जानकारी दिनुभएको छ ।
राप्ती गाउँपालिका पशु सेवा शाखाले अनुदानमा टिओसेन्टी मकैचरी घाँसको विउ र मिनरल चक्की लिन चाहने कृषकले शाखामा छिटो सम्पर्क गर्न पशु नाप्रास दयाराम चौधरीले सबैमा अनुरोध गर्नुभएको छ  ।
टिओसेन्टी मकैचरी घाँसको विउ र मिनरल चक्की लिन आउन वडागत रुपमा पत्राचार गरिएको र लिन आउने कृषकले अफीस समयमा पशुसेवा केन्द्र मौरीघाटमा सम्पर्क गर्न कर्मचारी रोशनी वली र पतिराम चौधरीले आग्रह गर्नुभएको छ ।

 तिर्थराज ज्ञवाली
 २२ चैत्र मसुरीया(देउखुरी दाङ)

 

आर्थिक वर्ष: