FAQs Complain Problems

समाचार

चार धार्मीक तथा पर्यटकीय स्थलहरुको गुरुयोजनामा ब्यापक छलफल

चार धार्मीक तथा पर्यटकीय स्थलहरुको गुरुयोजनामा ब्यापक छलफल

तिर्थराज ज्ञवाली

2075  पौष, मसुरीया(दाङ)

राप्ती गाउँपालिकाका चार धार्मीक तथा पर्यटकीय स्थलहरुको गुरुयोजनाको मस्यौदा एक कार्यक्रमका विच गुरुयोजना निर्माण कन्सल्टेन्सी आरआईडीसीले प्रस्तुत गरेको छ ।

राप्ती गाउँपालिकाका गाउँकार्यपालिकाका पदाधिकारीहरु विच सोमवार आरआईडीसीका प्रतिनिधि ईन्जिनियरहरुले गुरुयोजनाको खाका प्रस्तुत गरिएकोमा गुरुयोजनामा ब्यापक छलफल तथा अध्यन गरिएको छ ।

राप्ती गाउँपालिकाको चार धार्मीक तथा पर्यटकीय स्थलहरु वडा नं १ को खड्केश्वरी मन्दिर, वडा नं २ को  कालीका मन्दिर हर्शेडाडा, वडा नं ५ को खौराहा बाबा पर्यटकीय स्थल र वडा नं ९ को देविकोट मन्दिरको  गुरुयोजना निर्माण गरि धार्मीक तथा पर्यटकीय स्थलहरुको विकासको लागि राप्ती गाउँपालिका लागिरहेको अवस्थामा रहेको छ ।

राप्ती गाउँपालिकाको गत आर्थिक वर्षको स्वीकृत योजना अनुसार राप्तीका चार धार्मीक तथा पर्यटकीय स्थलहरुको गुरुयोजना निर्माणको कार्य  सुरु गरिएको र यस आर्थिक वर्षको बजेटमा तथा आगामी वर्षका वजेटबाट गुरुयोजना अनुसार कार्य गर्दै जाने राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिनुभएको छ ।

प्रस्तुत गरिएको गुरु योजनामा स्थान अनुसार हेल्थपोष्ट, सुचना केन्द्र, पार्कीङ, ताल निर्माण तथा संरक्षण, फुटवल मैदान, भ्यु टावर, पार्टी प्यालेस,धर्मशाला, मिनि जु, पानी मुहान संरक्षण, हेलीप्याड, धार्मीक पन्दिर, सडक, विजुली, संञ्चार, शौचालय लगाएतका संरचना निर्माण गर्नु पर्ने र संरक्षण गर्नु आवस्यक रहेको बताईएको छ ।

 

राप्ती गाउँपालिकाको चार धार्मीक तथा पर्यटकीय स्थलहरु वडा नं १ को खड्केश्वरी मन्दिर, वडा नं २ को  कालीका मन्दिर हर्शेडाडा, वडा नं ५ को खौराहा बाबा पर्यटकीय स्थल र वडा नं ९ को देविकोट मन्दिरको धार्मीक तथा पर्यटकीय स्थलहरुको विकासको लागि घनिघोत लागिपरेको र सोमवार प्रस्तुत गरिएको गुरुयोजनाको प्रारम्भिक मस्यौदा  सहयोगी संस्थाले कार्यपालिका समक्ष पेश गरिए पनि गुरुयोजनाको अन्तिम रुप पुन अध्यन पश्चात सार्वजनिक गरिने राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिनुभएको छ ।

चार धार्मीक तथा पर्यटकीय स्थलहरुको गुरुयोजनाको मस्यौदा आरआईडीसील

संस्थाका इन्जिनियर शंकर आचार्य र तेज सारुले प्रस्तुत गर्नुभएको थियो ।

आर्थिक वर्ष: