FAQs Complain Problems

समाचार

थारु सास्कृतिक भवन, सामुदायिक भवन तथा गुरुदेव भवन निर्माण स्थलको अवलोकन

थारु सास्कृतिक भवन, सामुदायिक भवन तथा गुरुदेव भवन निर्माण स्थलको अवलोकन

राप्ती गाउँपालिकामा प्राप्त तराई मधेश समृद्ध कार्यक्रम तथा सांसद क्षेत्र विकास कोष अन्तरगतका दुई वटा योजना स्थलको राप्ती गाउँपालिका बाट अवलोकन गरिएको छ ।
विहिवार तराई मधेश समृद्ध कार्यक्रम अन्तरगतको राप्ती गाउँपालिका वडा नं ६ बगरापुर स्थीत  थारु सास्कृतिक भवन र सांसद क्षेत्र विकास कोष सांसद मेटमणि चौधरी बाट प्राप्त वडा नं ७ छोट्की सिसहनिया स्थीत सामुदायिक भवन तथा  गुरुदेव भवनको अवलोकन गरिएको हो  ।
स्थलगत अवलोकनमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत जगद प्रसाद भुसाल, वडा नं ६, ७ का अध्यक्ष द्धय बेद प्रसाद चौधरी, विद्याशरण चौधरी, रेशमराज अधिकारी लगाएतको सहभागीता रहेको थियो ।
तराई मधेश समृद्ध कार्यक्रम अन्तरगतको राप्ती गाउँपालिका वडा नं ६ बगरापुर स्थीत  थारु सास्कृतिक भवन निर्माणका लागि करिव  ६५ लाख रुपैया तथा सांसद क्षेत्र विकास कोष सांसद मेटमणि चौधरी बाट प्राप्त वडा नं ७ छोट्की सिसहनिया स्थीत सामुदायिक भवन तथा  गुरुदेव भवन मर्मतका लागि  २४ लाख ६० हजार बराबरको रकम  स्वीकृत भएकोमा कार्य सुरुवातको लागि गाउँपालिकाबाट  स्थल गत अनुगमन गरिएको हो ।अवलोकनको क्रममा स्थानिय नागरिकहरु संग समेत सोधपुछ गरिएको छ ।

 

तिर्थराज ज्ञवाली 
 २१ चैत्र, मसुरीया(देउखुरी दाङ)

आर्थिक वर्ष: