FAQs Complain Problems

देउखुरीका चारै पालिकामा आईसोलेसन सेन्टर राप्ती प्राविधिक शिक्षालयमा रहेका आईसोलेसन सेन्टर मंसिर १ गतेवाट बन्द हुने

            अव देउखुरीका चारै पालिकामा आईसोलेसन सेन्टर
राप्ती प्राविधिक शिक्षालयमा रहेका आईसोलेसन सेन्टर मंसिर १ गतेवाट बन्द हुने

राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा सञ्चालनमा रहेको एकमात्र कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टर आगामी मंसिर १ गतेवाट बन्द हुने भएको छ । 
हालसम्म चार पालिकाका २५५ जना कोरोना संक्रमितलाई आईसोलेट गरि २४६ जनालाई डिसचार्ज गर्दैै हाल ९ जनामात्र रहेको आईसोलेसन सेन्टर बन्द हुने भएको हो  ।
 राप्ती प्राविधिक शिक्षालय राप्ती गाउँपालिकाको मौरीघाट दाङमा रहेको कोरोना विशेष देउखुरी आईसोलेसन रहेको कोरोना विशेष देउखुरी आईसोलेन सेन्टर रहेको भवन प्रदेश सभाको  हिउदे अधिवेसन  तयारीको लागि आवश्यक पर्ने  भएकोले चार वटै स्थानीय तहले आ आफ्नो पालिकामा आईसोलेसन सेन्टर सञ्चालन गर्ने गरी कोरोना विशेष देउखुरी आईसोलेन सेन्टर वन्द गर्ने निर्णय गरिएको हो ।
कोरोना विशेष देउखुरी आईसोलेसन केन्द्रका सञ्चालन तदर्थ समितिका अध्यक्ष नुमानन्द सुवेदी अध्यक्षतामा बसेको प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, लमहि नगरपालिका उपाध्यक्ष देवका बेलवासे, गढवा र राजपुर गाउँपालिकाहरु अध्यक्ष शहजराम यादव, लोकराज केसी, लेफ्टीनेन्ट कर्णेल विजय बस्नेत लगायत उपस्थीत बैठकले सो निर्णय गरेको हो । 
राप्ती गाउँपालिका, लमहि नगरपालिका, गढवा र राजपुर गाउँपालिकाहरुको संयुक्त लगानिमा सञ्चालनमा रहेको कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टर सञ्चालानार्थ लागेको खर्च  विवरण आईसोलेसन सेन्टर बन्द गरेपछि चारवटै स्थानीय तहको उपस्थितिमा सावर्वजनिक गर्ने र सोको व्ययभार चार पालिकाले वहन  गर्ने  निर्णय समेत गरिएको छ ।
बैठकले कोरोना विशेष देउखुरी आईसोलेन सेन्टरमा खटिएका नेपाली सेना, स्वास्थ्यकर्मी ,अन्य कर्मचारी तथा जनप्रतिनिधिलाई धन्यवाद दिदै कोरोना संक्रमण वाट बच्नका लागि सबैले सचेतना अपनाउन पर्ने र यदि जो कोहिलाई कोरोना संक्रमण भएमा चार वटै पालिकाले रेखदेख लाई निरन्तरता दिदै जाने समेत निर्णय गरिएको छ । 
 
 

तिर्थराज ज्ञवाली
कार्तिक २३, मसुरीया(देउखुरी दाङ)

https://tiragyanews.blogspot.com/2020/11/blog-post_67.html

आर्थिक वर्ष: