FAQs Complain Problems

समाचार

देविकोटमा एकमहिने सिलाईकटाई तथा २ दिने तरकारी खेति तालीम सुरु

गणतन्त्र दिवशको अवसर पारेर राप्ती गाउँपालिकाको आयोजनामा राप्ती गाउँपालिका वडा न. ९ को विकट बस्ती मानिएको देविकोटमा एकमहिने सिलाईकटाई तथा २ दिने तरकारी खेति तालीम सुरु  गरिएको छ ।

नागरिकलाई शिप प्रदान गरि स्वरोजगार बनाउने गाउँपालिकाको अभियान अन्तरगत १० महिलालाई सिलाईकटाई तालिम तथा ३० जनालाई तरकारी खेति तालीम दिन थालीएको हो ।

सिलाईकटाई तालिम तथा तरकारी खेति तालीमको संयुत्त रुपमा उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले नागरिकहरुलाई  आत्मनिर्भर गराउन राप्ती गाउँपालिका सधैव लाग्ने र आयोजना गरिएका तालीम प्रशिक्षणमा सक्रिय सहभागिता नागरिकले पनि जनाउन आवस्यक रहेको बताउनुभएको छ । गणतन्त्रको अनुभुति गर्न घर घरमा नागरिकले गास वास कपास शिप स्वास्थ्य रोजगार सुगमता र अधिकार पाउनुपर्ने आवस्यकता रहेको हुदा यो  शिप भए भोकै बस्न नपर्ने आयस्तर बढाउन सजिलोपर्ने भएकोले नागरिहरु शिपयुत्त तालिम लिन सक्रिय हुनुपर्ने वताउनुभएको छ ।

राप्ती गाउँपालिका वडा न. ९ का अध्यक्ष रिम बहादुर सुनारी मगरको अध्यक्षता राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यता राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्वा चौधरी तथा प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालको विशिष्ठ आथित्यतामा सम्पन्न सिलाईकटाई तालिम तथा तरकारी खेति तालीमको संयुत्त रुपमा उद्घाटन कार्यक्रममा वडा न. ९ का नागरिकहरुले पहिलो पटक गाउँपालिकाले लामो समयको तालिम संञ्चालन गरेकोमा खुसि ब्यक्त्त गरेका छन् । 

राप्ती गाउँपालिका कृषि विकास उपशाखा को आयोजनामा तरकारी खेति सम्वन्धि तालीम संञ्चालन हुदै छ भने राप्ती गाउँपालिका वडा न. ९ को आयोजनामा एक महिने सिलाई कटाई तालिम सुरु गरिएको छ ।

आर्थिक वर्ष: