FAQs Complain Problems

समाचार

देशका लागि खेलाडि तर खेलाडिका लागि को

देशका लागि खेलाडि तर खेलाडिका लागि को
तिर्थराज ज्ञवाली 
देशका लागि खेलाडि तर खेलाडिका लागि को भन्ने मुद्धा बेला बेलामा आईरहेपनि  राप्ती गाउँपालिका क्षेत्र विभिन्न कारणले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा परिचित रहेको अवस्थामा खेलको दुनियामा समेत  नेपालकै ईतिहासमा राम्रा खेलाडि जन्माउने क्षेत्रको रुपमा परिचित रहेको छ ।
विगतमा सिसहनिया, लालमटिया र हासीपुरको १ र २ नं वडाको समायोजन गरि बनेको राप्ती गाउँपालिकामा अन्तराष्ट्रिय स्तरका एथलेटिक्स खेलाडि विद्याधर चौधरी, वारम्वार राष्ट्रिय स्तरका  खेलकुदमा स्वर्ण पदक जित्ने आशिष चौधरी तथा विगतका दिनमा राष्ट्रिय स्तरका भलिवल खेलमा जिल्ला स्तरिय खेलमा धावा बोल्ने खेम चौधरी, गंगाराम चौधरी लगायतका खेलाडि नागरिकको हिसावले होस वा प्रहरी, शैनिकको तर्फवाट खेलेर होस नाम कमाएकै छन् । 
पछिल्लो समयमा राप्ती गाउँपालिका वडा नं ५ लट्ठहवाकी  सुमित्रा चौधरीले कक्षा ८ बाटै एथलेटिक्समा विद्यालयको तर्फवाट प्रतिनिधित्व गर्दै  ४ सय मिट, ८ सय मिटर, १५ सय मिटर दौडमा विभिन्न समयमा जिल्ला, प्रदेश तथा केन्द्रिय खेलहरुमा  प्रथम जित हासील गरि सकेकी छन् ।उनले आठौ राष्ट्रिय खेलकुद एथलेटिक्समा प्रथम स्थान हासील गरेकी थिईन  । उनी  संग जिल्ला स्तरीय देखी माथिल्लो खेलमा प्रथम देखी तृतिय सम्म भएका २४ प्रमाणपत्र र मेडल रहेका छन् ।
त्यस्तै लालमटियाका पर्बत केसीले केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड २०७४ मा ज्यावलीङमा छात्र तर्फ नेपाल दोस्रो र शटपटमा नेपाल तेस्रो स्थान प्राप्त गरेका थिए, वडा नं ६ पत्थरगढवाकी सुशिला चौधरीले केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड २०७४ मा छात्र तर्फ नेपाल प्रथम स्थान हासील गरेकी थिईन साथैर दोस्रो उपराष्ट्रपति प्रतियोगीता केन्द्रिय खेलमा त्रिपल जंप तर्फ नेपाल प्रथम र हाईजम्पमा समेत नेपाल प्रथम प्राप्त गरेकी छने साथै विभिन्न खेलमा जिल्ला स्तरिय खेल तथा विद्यालय स्तरीय खेलमा पदक जितीसकेकी छन् ।
माथी प्रस्तुत गरेका खेलाडि मात्र होईन पदक जितेर पनी चर्चा परिचर्चामा नआएर, गाउँघर नफर्कीएका वा खेल जिन्दगी वाट घर परिवार चलाउन नसकेर गुमनाम समेत भएका छन ।
राप्ती गाउँपालिकाले यस आर्थिक वर्षमा खेल प्रति रुचि राख्ने तथा खेलको माध्यम वाट  आफ्नो दक्षता देखाउन चाहने र लुकेर बसेका दक्ष खेलाडिहरुलाई मैदानमा ल्याउन विद्यालयको साथ लिएर अध्यक्ष कप खेलकुद तथा राष्ट्रपति कप खेलकुद खेलाडिको पहिचान तथा क्षमता प्रस्फुटित गरेको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले बताउनु भएको छ ।
अध्यक्ष सुवेदिले यस वर्ष  गाउँपालिका र जनप्रतिनिधि आईसकेपछि प्रथम पटक अन्तर विद्यालय खेलकुद प्रतियोगीता को आयोजना गरिएको र आगामी दिनमा धेरै खेल समाबेश गरि पुन समयमै प्रतियोगीता सञ्चालन गरि यस क्षेत्रका खेलाडिलाई समयमै राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा परिचित गराई गाउँपालिका र देशकै नाम स्थापीत गर्न आब्हान गर्ने बताउनु भएको छ ।
खेलाडि राष्ट्र«का लागि त भनीने गरिएको छ तर खेल खेल्दा बाह बाह पाउने र खेल सकिए प्रमाण पत्र मेडल पछि गुमनाम हुनुपर्ने बाध्यता, खेल प्रशिक्षण गर्ने ठाउ नहुनु, प्रशिक्षक नपाउनु, आर्थिक अवस्था कमजोर हुनु, अगाडि लैजान थप माध्यम नहुनु लगायतका कारण  खेलमा प्रगति गर्न नसकेको खेलाडि त्रय सुमित्रा चौधरी, पर्बत केसी, सुशिला चौधरीको भनाई रहेको छ ।
गत जेष्ठ २७ देखी राप्ती गाउँपालिका स्तरिय अन्तर विद्यालय अध्यक्ष कप तथा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता को आयोजना गरि यस क्षेत्रका थप नयाँ खेलाडिको क्षमता प्रस्फुटन गरिएको र यस खेलवाट राप्ती क्षेत्रमा राम्रो गर्न सक्ने खेलाडिहरुको विकास हुने राप्ती गाउँपालिका सामाजिक विकास समतिका  संयोजक तथा गाउँपालिका प्रबक्ता विद्याशरण चौधरीले बताउनु भएको छ ।
राप्ती गाउँपालिकामा हालै सम्पन्न गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम गाउँपालिका अध्यक्ष कप दुबै तर्फको विजेता बन्न सफलभई दुबै शिल्ड तथा कप श्री माध्यामीक विद्यालय मौरीघाटको हातमा परेको, त्यस्तै कवड्डी छात्र र छात्रा तर्फ श्री माध्यामीक विद्यालय एथ्लेटिक्स अन्तरगत १५०० मिटर दौड छात्र तर्फ सर्बोदय माविका विमल परियार प्रथम, मावि मौरिघाटका गोकर्ण बस्नेत द्धितिय, आदर्श नमुना माविका सन्तोष कुमाल तृतिय भएका थिए । 
साथै १५०० मिटर दौड छात्रा तर्फ मावि मौरिघाटकी  सिसा शाहि प्रथम, दिपज्योति कोडिङकी मेनुका चौधरी द्धितिय, सर्बोदय माविकी सन्जु चौधरी तृतिय भएकी छन् । ४०० मिटर दौड छात्र तर्फ मुनलाईट आमाविका जनक पोख्रेल प्रथम, सिरीन भ्यालीका मोहन बस्नेत द्धितिय र सर्बोदय माविका रमेश चौधरी तृतिय भएका छन् । ४०० मिटर दौड छात्रा तर्फ ज्ञानोदय माविकी सुशिला चौधरी प्रथम, मावि मौरीघाटकी चिरीन्जीवी गीरी द्धितिय र सर्बोदय माविकी कुस्मा चौधरी तृतिय भएको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका विश्वास विकले बताउनु भएको  छ ।
अध्यक्षकप प्रथम गाउँपालिका स्तरीय खेलमा छात्र छात्राको फुटवल खेल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको  १०० मिटर दौडमा छात्र तर्फ मुनलाईट आमाविका जनक पोख्रेल प्रथम, मावि मौरीघाटका अशोक घर्ति द्धितिय, र दिपज्योति बोडिङका निरज चौधरी तृतिय भएका छन् । १०० मिटर दौडमा छात्रा तर्फ १०० मिटर दौडमा छात्रा तर्फ मेनुका चौधरी, दुर्गा भवानी आमाविकी आशा चौधरी द्धितिय र सर्बोदय माविकी सञ्चीता चौधरी तृतिय भएकी छन् ।
यसरी खेलाडिले आफ्नो क्षमतालाई दाउमा राखेर खेल खेलेर आफनो क्षेत्रका लागि, अथवा प्रतिनिधित्व गर्ने संघ संस्थाको लागि खेलेपनि खेलाडिलाई अघि बढाउने, ठाउमा पुराउने, विभिन्न खेलमा प्रतिस्पर्धि बनाउनेहरुको अभाव देखेने गर्दछ  । यसतर्फ सरोकारवालाहरुले चासो र चिन्तन गर्नु आवस्यक छ ।
 

आर्थिक वर्ष: