समाचार
नयाँबस्तीले चुम्यो प्रथम स्थान, खेलाडि तथा गाउँनै उत्साहित
नयाँबस्तीले चुम्यो प्रथम स्थान, खेलाडि तथा गाउँनै उत्साहित
तिर्थराज ज्ञवाली
कार्तिक २० सिरीचौर (देउखुरी दाङ)
राप्ती गाउँपालिका वडा नं ३ मा आयोजना भएको टोल स्तरिय खेलकुद प्रतियोगीतामा नयाँबस्ती टोलविकास संस्थाले प्रथम उपाधि हात पार्न सफल भएको छ ।
फुटवल, क्रिकेट र कवड्डी खेलको तिन खेलमै नयाँ बस्ती टोल विकास संस्थाले प्रथम स्थान प्राप्त गरेपछि खेलाडि तथा सिङ्गो नयाँबस्ती गाउँनै उत्साहित भएको छ ।
राप्ती गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष चन्दर चौधरीको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नुमानन्द सुवदिले
अनुशासित हुदै खेलाडिहरुले खेल प्रदर्शन गरेकोमा खुसी ब्यक्त गर्दै आगामी गाउँपालिका, जिल्ला, प्रदेश र केन्द्र स्तरमा खेल्न सक्ने खेलाडिहरुको पहिचान भएको बताउनु भएको छ ।
गत आईतवार देखी सुरु भएको प्रतियोगीता फुटवल, क्रिकेट र कवड्डी गरि १३ टिमले सहभागीता जनाएकोमा फुटवल खेलमा बसन्तापुर टोल विकास संस्था ,क्रिकेट र कवड्डी खेलमा बागढड्डी टोल विकास संस्थाले द्धितिय स्थान प्राप्त गरेका छन् ।
कवड्डी खेलमा बसन्तापुर टोलविकास संस्था, खुरुरीया टोलविकास संस्था, बाघढड्डी टोलविकास संस्था, र नयाँबस्ती टोलविकास संस्था विच प्रतिस्पर्धा भएको थियो ।
फुटवल खेलमा नयाँबस्ती टोलविकास संस्था, उत्तर मसुरीया टोलविकास संस्था, खुरुरीया टोलविकास संस्था, बसन्तापुर टोलविकास संस्था, बाघढड्डी टोलविकास संस्था विच र क्रिकेट खेल बसन्तापुर ए टोलविकास संस्था, नयाँबस्ती ए टोलविकास संस्था, उत्तर मसुरीया टोलविकास संस्था, बाघढड्डी टोलविकास संस्था विच प्रतिस्पर्धा भएको थियो ।
विजेता प्रथम र द्धितिय खेल समुहहरुलाई नगद, प्रमाणपत्र र सिल्ड प्रदान गरिएको वडा सचिव दामोदर पोख्रेलले बताउनु भएको छ ।