FAQs Complain Problems

समाचार

नागरिकका कला, संस्कृतिको संरक्षण ५ नं प्रदेश लागीरहेको छ ः  साम्सद ईन्द्रजित चौधरी

नागरिकका कला, संस्कृतिको संरक्षणमा ५ नं प्रदेश लागीरहेको छ ः  साम्सद ईन्द्रजित चौधरी
३ माघ, मसुरीया(दाङ)
संघियता लागु भैसकेपछि नागरिकले आ आफ्नो महत्वका साथ मान्दै आएको  कला संस्कृति, पर्ब र यस क्षेत्रको र प्रदेश ५ को धेरै नागरिकले मान्दै आएका संस्कार, संस्कृतिको संरक्षण तथा सम्वद्धनमा ५ नं प्रदेशका जनप्रतिनिधि लागीरहेको  ५ नं प्रदेश सभा सदस्य सांसद ईन्द्रजित चौधरीले विहिवार राप्ती गाउँपालिकाको एक कार्यक्रममा बताउनुभएको छ ।
सांसद ईन्द्रजित चौधरीले नागरिकहरुले सबैको कला संस्कृतिको सम्मान गर्न सक्नुपर्ने र  आफ्नो कला संस्कृति पहिचान तथा  संरक्षणको लागि स्वं जातजाती लाग्नुपर्ने राप्ती गाउँपालिकाको आयोजनाका आयोजित माघि मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बताउनु भएको छ ।
राप्ती क्षेत्रका बहु जाती बहु भाषिहरुको सहभागीतामा आयोजना गरिएको माघि मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा  शुभकामना आदान प्रदान तथा थारु, मगर, ठकुरी  कला संस्कृति पर्दशन तथा थारु परिकारकोग्रहण गर्ने कार्यक्रम रहेको थियो ।
स्थानिय सरकारको स्थापना पछि यस क्षेत्रको ठुलो जनसंख्या रहेको थारुहरुको कला संस्कृती तथा अन्य जातजातिको कला संस्कृति संरक्षण गर्नमात्र सकेपनि यस क्षेत्रको विकासमा  ठुलो सहयोग पुग्ने र राप्ती गाउँपालिकाको पहिचान उच्च हुने राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले  कार्यक्रममा बताउनु भएको छ ।
अध्यक्ष  सुवेदिले राप्ती गाउँपालिकाले यस आर्थिक वर्षमा स्थानिय कला संस्कृतिको संरक्षणमा जति बजेट बिनियोजन गरेको छ सो भन्दा बढि रकम आगामी वर्षको बजेटमा  विनियोजन गर्ने समेत बताउनुभएको छ ।
राप्ती गाउँपालिका थारु समुदायको बाहुल्यता रहेको गाउँपालीका हरेको र यस गाउँपालिकामा थारु समुदायको कला संस्कृति, भेष भुसा, भाषाले राप्ती गाउँपालिकाको पहिचान र शान बढाईरहेको हुदा थारु कला संस्कृति, भेषभुषा, भाषा संरक्षणको लागि राप्ती गाउँपालीका तथा यहाँका नागरिक सम्पुर्ण लागिरहेको राप्ती गाउँपालिकी उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसाले राप्ती बासी नागरिक तथा यस क्षेत्रको कला, भाषा, संस्कृति संरक्षणका लागि लाग्नुहुने सम्पुर्णले आजसम्म संस्कार र संस्कृतिको संरक्षण गरेकोहुदा स्वदेशी तथा विदेशीले अवलोकन तथा अहिलेको पीढिले महसुस गरेको र बदलिदो समयमा  युवा युवतिलाई समेत  संस्कृति संरक्षणमा लगाउनु र सहभागी बनाउनु पर्ने बताउनु भएको छ ।
राप्ती गाउँपालिकाको आयोजनाका आयोजित माघि मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमका सहभागीहरुले सम्पुर्ण थारु समुदायलाई तथा माघे संक्रान्तीको अवसरमा सम्पुर्ण राप्ती वासी नागरिक तथा सम्पुर्ण नेपालीमा शुभकामना ब्यक्त्त गर्नुभएको छ । 
मकर संक्रान्ती र माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा वस्ने नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको शुख, शान्ति र समृद्धीको कामना समेत गरिएको छ ।
सम्पुर्ण सहभागीलाई एक अर्कामा संम्युक्त रुपमा शुभकामना ब्यक्क्त गर्न शुभकामना सन्देश बाचन गरेर प्रमुख अतिथि ५ नं प्रदेश सभा सदस्य सांसद ईन्द्रजित चौधरीले उद्घाटन गर्नुभएको कार्यक्रममा आयोजनको तर्फवाट प्रबक्ता विद्याशरण चौधरीले सम्पुर्ण सहभागीलाई धन्यवाद तथा माघिको शुभकामना दिनुभएको थियो ।
 सम्पुर्ण जातजातिको धर्म, कला, संस्कृतिको संरक्षण गर्न सबै लाग्नु गर्ने भावनाका साथ संस्थागतरुपमा  एनेकपाका उपाध्यक्ष अर्जुन अधिकारी, राजमोका अध्यक्ष केशवराज खनाल, राप्रपाका अध्यक्ष, नयाँ शक्तिका  होम प्रसाद पोख्रेल प्रहरि प्रमुख रविन्द्रराज पाण्डे, शसस्त्र प्रहरिका प्रतिनिधि, होटल ब्यवसायी महेश बेल्वासे, पत्रकार, मुक्त कमैयाका हरिचन्द्र चौधरी,राप्ती गाउँपालिका शिक्षा समिति सदस्य भिमलाल चौधरी, नागरिक समाज संयोजक दामोदर भण्डारी, प्रगतिनगर खापाका शान्तराज शर्मा बद्धिजिवी रामप्रसाद चौधरी, बामदेव चौधरी लगाएतका शुभकामना तथा एक्यबद्धता जनाउनु भएको छ ।
कार्यक्रममा  स्थानिय वडा नं ४, ७ र ८ का सास्कृतिक नाच प्रस्तुत गरिएको थियो ।

  प्रेशक ः तिर्थराज ज्ञवाली
संञ्चार संयोजक, राप्ती गाउँपालिका, दाङ

आर्थिक वर्ष: