FAQs Complain Problems

समाचार

नेपाल राष्ट्रिय माविको स्वर्ण महोत्सव तथा अभिभावक भेला सम्पन्न

नेपाल राष्ट्रिय माविको स्वर्ण महोत्सव तथा अभिभावक भेला सम्पन्न 

श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय भालुवाङ्गको स्वर्ण महोत्सव तथा अभिभावक भेला विहिवार सम्पन्न भएको छ ।
२०२४ सालमा श्री नेपाल राष्ट्रिय पाठशालाको रुपमा स्थापनाभै असंख्य विद्यार्थीहरुलाई शिक्षा  प्रदान गरिसकेको विद्यालयको ५१ वर्षको अवसरमा स्वर्ण महोत्सव तथा अभिभावक भेलाको आयोजना गरिएको हो।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरबहादुर केसीको अध्यक्षता, प्रदेश नं ५ का साम्सद दामा शर्माको प्रमुख आथित्यता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ट आथित्यता तथा वडा नं १ का अध्यक्ष तारा बहादुर डिसी, वडा नं २ का अध्यक्ष जगत बहादुर थापा एवं शिक्षा प्रमी, सहयोग दाताहरुको आथ्त्यितामा स्वर्ण महोत्सव तथा अभिभावक भेलाको आयोजना गरिएको हो
कार्यक्रममा प्रमुख अतिथि दामा शर्माले  प्रदेश नं ५ शिक्षाको विकासका लागि लागिरहेको बताउनु भएको छ । शर्माले  शिक्षा क्षेत्रएक संबेदन शिल क्षेत्र भएको हुदा यस क्षेत्रको संरक्षण र विकासका लागि सबै लाग्नु पर्ने बताउनु भएको छ ।
श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय भालुवाङ्गको स्वर्ण महोत्सव तथा अभिभावक भेलामा विशिष्ठ अतिथि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले राप्ती गाउँपालिकाले राप्ती क्षेत्रका ३१ सामुदायिक विद्यालयको  विकासमा असंख्य काम गपिररहेको र उल्लेख्य कायापलट कार्य गर्दा कोहि हतोत्साहित भएको हुदा हतोत्साहित नहुन र सहज रुपमा शिक्षाको गतिविधिलाई लिईदिन आग्रह गर्नुभएको छ ।
विशिष्ठ अतिथि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले विद्यालयले भवन चाहियो, शिक्षक चाहियो मात्र नभनेर स्थानिय सरकार र अभिभावकलाई  प्रगति देखाउने गरि विद्यार्थीलाई उत्कृष्ट बनाउने तर्फ समेत ध्यान दिनु आवस्यक रहेको बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय भालुवाङ्गको विद्यार्थी संख्याका आधारमा शिक्षक तथा एघार र बारह कक्षा सञ्चालनमा आईपर्ने विभिन्न सहयोग गर्न गाउँपालिका तयार रहेको बताउनु भएको छ । 
उपाध्यक्ष चौधरीले नेपाल राष्ट्रिय माध्यामिक विद्यालयलाई नमुना विद्यालय बनाउन गाउँपालिका लागि रहेको अवस्यामा  यस विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय ब्यवस्थापन समिति लगाएत नमुना विद्यायको अवधारणा अनुसार कार्यगर्न लाग्नु पर्ने बताउनु भएको छ ।
श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय  भालुवाङ्गको स्वर्ण महोत्सव तथा अभिभावक भेलामा विद्यालयलाई विभिन्न समयमा विभिन्न प्रकारले सहयोग गर्नुहुने सहयोगदाताहरु लाई सम्मान गरिएको छ ।

तिर्थराज ज्ञवाली
२३ फागुन, भालुवाङ्ग (देउखुरी दाङ)

 

आर्थिक वर्ष: