FAQs Complain Problems

समाचार

पत्थरगढवामा गौरी शंकर शिवालय उद्घाटन धर्म मान्नुपर्ने र धार्मीक हुनुपर्ने सुवेदिको भनाई 

पत्थरगढवामा गौरी शंकर शिवालय उद्घाटन धर्म मान्नुपर्ने र धार्मीक हुनुपर्ने सुवेदिको भनाई 
तिर्थराज ज्ञवाली
फागुन १५, पत्थरगढवा देउखुरी दाङ
राप्ती गाउँपालिकाको वडा नं ६ पत्थरगढवामा गौरी शंकर शिवालय प्राण प्रतिष्ठा महोत्सव र श्रीमद्भागवत कथा ज्ञान महोत्सवको एक कार्यक्रम विच बुधवार उद्घाटन गरिएको छ ।
गौरी शंकर शिवालय प्राण प्रतिष्ठा महोत्सव र श्रीमद्भागवत कथा ज्ञान महोत्सव ब्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर चौधरीको अध्यक्षता, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता,पुर्ब सांम्सद सुशिला चौधरीको प्रमुख विशिष्ट आथित्यता, वडा नं ६ का अध्यक्ष बेद प्रसाद चौधरी,वडा नं ७ का अध्यक्ष विद्याशरण चौधरी, गौरी शंकर शिवालय प्राण प्रतिष्ठा महोत्सव र श्रीमद्भागवत कथा ज्ञान महोत्सवका प्रमुख बाचक ऋषिकेश पोखेलको विशिष्ट आथित्यता उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
कायक्र्रममा अध्यक्ष सुवेदिले मानीसले धर्म मान्नुपर्ने र मानीस धार्मीक हुनुपर्ने प्रमुख बताउनु भएको छ । प्रमुख अतिथि सुवेदिले धर्म एक कानुन हो जसको मान्यताले सत्कर्म गर्न मानिसलाई प्रोत्साहन गर्ने बताउनु भएको छ ।
कार्यक्रममा मन्दिर निर्माणमा धेरै सहयोगगर्ने सहयोग दाता राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदि, श्री निवास चौधरी, अनक कन्ट्रक्सन प्राली, गया प्रसाद चौधरी, पुर्ण बहादुर बुढाथोकी, बसन्ती चौधरी, धर्म प्रसाद उप्रेतिलाई सम्मान गरिएको छ ।
गौरी शंकर शिवालय प्राण प्रतिष्ठा महोत्सव र श्रीमद्भागवत कथा ज्ञान महोत्सव फागुन १५ देखी २१ सम्म आयोजना हुने आयोजकले जानकारी दिएका छन् ।

आर्थिक वर्ष: