FAQs Complain Problems

समाचार

बर्थ डिफेक्ट रोक्न आमाले फोलीक एसीड औषधिको सेवन गर्नु आवस्यक 

बर्थ डिफेक्ट रोक्न आमाले फोलीक एसीड औषधिको सेवन गर्नु आवस्यक 

राप्ती गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा राप्ती गाउँकार्यपालिका सदस्यहरुलाई बर्थ डिफेक्ट सम्वन्धि पालीका स्तरिय अभिमुखीकरण कार्यक्रममा आमाले फोलीक एसीड औषधिको सेवन गर्नु आवस्यक रहेको जानकारी गरिएको छ  ।
विश्व संगठनका अनुसार बर्थ डिफेक्ट अर्थात जन्म दोष भएका वालबालीकामा संरचनात्मक वा कार्यात्मक जन्म दोषहरु  मुटु सम्वन्धि समस्या, तालु फाटेको, तालु फाटेको,  ग्यास्टोसियासिसहुने र विकासात्मक जन्म दोषहरु आम्फ्यालोसील, मुत्र तथा मलद्धारको समस्या हाईपोसपाडियस, मलद्धार नखोलीएको अवस्था, अस्पस्ट यौन अंग भएको, जन्मजात टाउकोमा पानी जमेको, टाउको मेरुडण्ड वा ढाडमा समस्या, मुर्कुट्टा बच्चा जन्मनु, एनसेफ्यालोसिल हुनु, मेनिगोमाईलोसिल हुनु, क्लव फुट हुनु, छोटा हातखुट्टा हुनु, औला थप हुनु, औला जोडिईनु जस्ता समस्या देखीने हुन्छ ।
बर्थ डिफेक्ट अर्थात जन्म दोष भएका वालबालीका हुनवाट बचाउन  समयमै विबाहित तथा बच्चा जन्माउन चाहनेले स्वाथ्य कर्मीको सल्लाह अनुसार, महिला गर्भवति हुनुपुर्व फोलीक एसीड र गर्भवतिभएकाले नियमीत खानुपर्ने, आईरन चक्की नियमीत खानुपर्ने, समय समयमा गर्भ परिक्षण गर्नुपर्ने, पोषिलो खाना खानुपर्ने, अफ्ठेरो र गरुको काम गर्न नुहुने बर्थ डिफेक्ट सम्वन्धि पालीका स्तरिय अभिमुखीकरण कार्यक्रमकी प्रशिक्षक रेणु श्रेष्ठले बताउनु भएको छ ।
राप्ती गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखा संयोजक विद्याशरण चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, वडा अध्यक्षहरु तारा बहादुर डिसी, जगत बहादुर थापा, चन्दर चौधरी, विष्णु बहादुर घर्ति क्षेत्रि, गोवर्धन रावत, बेद प्रसाद चौधरी, गोकर्ण बहादुर राना मगरको विशिष्ठ आथित्यतामा अभिमुखीकरण गरिएको हो ।
राप्ती गाउँकार्यपालिका सदस्यहरुलाई बर्थ डिफेक्ट सम्वन्धि पालीका स्तरिय अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य चौकी सिसहनिया, भालुवाङ, स्वास्थ्य ईकाईहरुका  स्वास्थ्य कर्मीहरुद्धार नब दम्पतिहरुलाई नियमीत रुपमा  परामर्श गरिदै आईएको र जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रमा नागरिकहरुलाई सजक गरिदिन स्वास्थ्य शाखा संयोजक नारायण राउतले अनुरोध गर्नुभएको छ ।
उमेर नपुगेका वा असक्त्त अपरिपक्क आमा वाट बर्थ डिफेक्ट बालबालीक जन्मनुवाट रोक्न आमा बन्ने सोच बनाएका महिलाले गर्भवती हुनुपुर्व ३ महिना देखी गर्भवति भएको ३ महिना सम्म नियमीत रुपमा  फोलीक एसीड औषधिको सेवन गरेमा फरक क्षमताका वालबालकिाको जन्म हुनवाट रोक्न सकिने राप्ती गाउँपालीका चिकीत्सक पुष्प भुसालले जानकारी गराउनु भएको छ ।
बर्थ डिफेक्ट बालबालीका जन्मनुवाट रोक्न अभिमुखीकरण  कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले अभियानको रुपमा कार्यक्रम अगाडी बढाईने र घर घरमा जनचेतना फैलाउने प्रतिबद्धता गर्नुभएको छ ।

तिर्थराज ज्ञवाली
 बैशाख १६ मसुरीया( देउखुरी दाङ)

आर्थिक वर्ष: