FAQs Complain Problems

समाचार

बस्तुगत विवरण २०७६ र एकिकृत ग्रामीण योजना गाउँपालिकालाई हस्तान्तरण

बस्तुगत विवरण २०७६ र एकिकृत ग्रामीण योजना गाउँपालिकालाई हस्तान्तरण

राप्ती गाउँपालिका र नामसालिङ सामुदायिक विकास केन्द्रको  संयुत्त प्रयासमा निर्माण गरिएको राप्ती गाउँपालिकाको बस्तुगत विवरण २०७६ र एकिकृत ग्रामीण योजना गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
राप्ती गाउँपालिकाको परिचय खुल्ने बस्तुगत विवरण २०७६ र एकिकृत ग्रामीण योजनो बुधवार एक कार्यक्रम विच नामसालिङ सामुदायिक विकास केन्द्रले राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिलाई हस्तान्तरण गरेको हो ।
लामो अनुसन्धान एव खोजका साथ निर्माण गरिएका बस्तुगत विवरण २०७६ र एकिकृत ग्रामीण योजना समेटिएको पुस्तक हरुतान्तरण गर्दै नामसालिङ सामुदायिक विकास केन्द्रका सुसासन संयोजक विनोद निरौलाले राप्ती गाउँपालिका संगको सहकार्यमा यस क्षेत्रको हरेक क्षेत्रमा कार्यगर्न चाहेको बताउनु भएको छ ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, वडा अध्यक्षहरु तार बहादुर डिसी,  चन्दर चौधरी, विष्णु बहादुर घर्ति क्षेत्रि, गोवर्धन रावत, बेद प्रसाद चौधरी, विद्याशरण चौधरी, गोकर्ण बहादुर राना मगर, रिम बहादुर सुनारी, शाखा प्रमुखहरु,नामसालिङका सुशासन संयोजक विनोद निरौला, ईन्जिनियर धर्नेन्द्र भण्डारी, कृषि अधिकृत शशांक बाबु आचार्य, फिल्ड संयोजक धर्म यादब, वातावरण विद पुलम राई लगायतको सहभागीतामा राप्ती गाउँपालिकाको बस्तुगत विवरण २०७६ र एकिकृत ग्रामीण योजना गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा राप्ती गाउँपालिका र संस्थाविच सहकार्यमा पानी, उर्जा, वातावरण, स्वास्थ्य, कृषि, रोजगार, सुशासन लगायतका विषयमा कार्यगर्ने समेत छलफल गरिएको छ ।

 

तिर्थराज ज्ञवाली
साउन २९, मसुरीया(देउखुरी दाङ)

आर्थिक वर्ष: