समाचार
बाउनीपाटा गाउँ जलबायु परिवर्तन अनुकुलीत गाउँ निमाणर्हुने
वातावरण र कृषिको क्षेत्रमा दाङमा काम गर्दै आएको नामसालिङ्ग सामुदायिक विकास केन्द्रले राप्ती गाउँपालिकाको सहकार्यमा जलबायु परिवर्तन अनुकुलन गाउँ निमाणर्का लागि काम सुरु गरेको छ ।
राप्ती गाउँपालिकाको वडा नं २ मा पर्ने बाउनीपाटा गाउँलाई जलबायु परिवर्तन अनुकुलन गाउँ निमाणर्का लागि काम सुरु गरिएको नामसालीङ संस्थाका कार्यक्रम संयोजक विनोद कुमार निरौलाले जानकारी दिनु भएको छ ।
पहाडि बस्तीको रुपमा रहेको बाउनीपाटा गाउँलाई पछिल्लो जलबायु परिवर्तनका कारण मानव जीवन, सामाजिक-आर्थिक विकास, कृषि उत्पादन, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर पुर्याउन थालेको महसुस गरि सो क्षेत्रलाई अनुकुलीत गाउँ निमाणर्का लागि काम सुरु गरिएको संयोजक विनोद कुमार निरौलाले बताउनु भएको छ ।
पछिल्ला वर्षहरुमा अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, सुख्खाजस्ता प्राकृतिक विपद्को जोखिम समेत बढिरहेको अवस्थामा बाउनीपाटा गाउँमा बस्ने नागरिकलाई अनुकुलनका बारेमा जानकारी गर्दै जलबायु परिवर्तन अनुकुलन योजना समेत निर्माण गरि कार्यन्वयमा ल्याईने नामसालीङ संस्थाका दाङ संयोजक शशांङ्क वावु आचार्यले जानकारी दिनु भएको छ ।
बाउनीपाटा गाउँलाइ करिव ६ महिनाको प्रयासमा पुणर् अनुकुलीत गाउँ निमाणर् गरिने योजना सहित ७ सदस्यीय समिति समेत निर्माण गरिएको छ । समितिको संयोजकमा केयर सिंहं तारन मगर सचिवमा सिता भण्डारी लाई चयन गरिएको छ । अनुकुलन योजना निर्माण समितिको सदस्यमा हेमकला पुलामी, छमा राना टेक बहादुर रखाल विर बहादुर मरसागंी मगर र हुमा बुढा मगरलाई छनौट गरिएको छ । जलबायु परिवर्तन अनुकुलन गाउँ निमाणर्का लागि वडा सदस्य पीमा गाहा मगरको समेत सहभागीता रहको थियो ।
तिर्थराज ज्ञवाली
सावन २७, बाउनीपाटा(देउखुरी दाङ)