FAQs Complain Problems

समाचार

बुटिक तालीमको अवलोकन आगामी वर्ष थप तालीमको ब्यवस्था गरिने जानकारी

बुटिक तालीमको अवलोकन आगामी वर्ष थप तालीमको ब्यवस्था गरिने जानकारी

 

बुटिक तालीमको बुधवार राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले अवलोकन गर्नुभएको छ ।
राप्ती गाउँपालिकाको वडा नं ४ मा युवति तथा महिलाहरुको लागि २० दिने बुटिक तालीम गत चैत्र २७ देखी सञ्चालन भैरहेको छ ।
सिकाई कस्तो हुदैछ ? कसरी सिकाईदैछ ? प्रशिक्षक र प्रशिक्षर्थि विचको सम्वन्ध कस्तो छ ? सिकाउदा कसरी कुन प्रक्रियाबाट सिकाईन्छ ? के कति प्रकारका ज्ञान दिईयो लगायतका कुराहरुको जानकारीको लागि उपाध्यक्ष चौधरीले बुटिक तालीमको  अवलोकन गर्नुभएको हो  ।
अवलोकनका क्रममा उपाध्यक्ष चौधरीलाई वडा नं ४ का वडा अध्यक्ष विष्णु बहादुर घर्ति क्षेत्रिले वडा नं ४ का सम्पुर्ण नागरिकलाई शिपयुत्त तथा रोजगार युत्त बनाउने उदेश्यका साथ वडा कार्यालयले हरेक वर्ष शिपमुलक तालीमको आयोजना गर्दै आएको र आगामी दिनमा धेरै भन्दा धेरै नागरिकलाई शिपयुत्त तालमिको ब्यवस्था गर्ने बताउनु भएको छ ।
तालीममा सहभागीहरुले राम्रो संग अनुशासीत र उत्साहका साथ शिप लिईरहेको बुटिक तालीमकी प्रशिक्षक अनुपा चौधरीले जानकारी दिनुभएको छ ।

तिर्थराज ज्ञवाली
बैशाख ११,चौरीघाट(देउखुरी दाङ)

 

आर्थिक वर्ष: