FAQs Complain Problems

समाचार

भलिबल, क्रिकेट, महिला हाईजम्प तथा लङजम्प खेल आयोजना हुने

भलिबल, क्रिकेट, महिला हाईजम्प तथा लङजम्प खेल आयोजना हुने

राप्ती गाउँपालिका वडा नं ८ को आयोजनामा यहि चैत्र २८ गते देखी युवाहरुलाई पुरुष भलिबल तथा क्रिकेट र महिला हाईजम्प तथा लङजम्प खेल समाबेस गरिएको खेलकुद कार्यक्रमको सञ्चालन हुने भएको छ ।
वडा नं ८को यस आर्थिक वर्ष २०७५।७६को स्वीकृत बार्षिक कार्ययोजना अन्तरगत युवाहरुलाई पुरुष भलिबल तथा क्रिकेट र महिला हाईजम्प तथा लङजम्प खेल समाबेस गरिएको खेलकुद कार्यक्रमको सञ्चालन गर्न लागीएको वडा अध्यक्ष गोकर्ण बहादुर राना मगरले जानकारी दिनुभएको छ ।
राप्ती गाउँपालिका वडा नं. ८ पीपरीको शंकर माध्यामीक विद्यालयको खेल मैदानमा सुरुहुने खेलकुद कार्यक्रममा वडा नं ८ का पीपरी, विजौरी, पीपरा, कोहलुवा, जुडपानी लगाएतका  गाउँ टोलका युवा क्लवहरुलाई युवाहरुलाई पुरुष भलिबल तथा क्रिकेट र महिला हाईजम्प तथा लङजम्प खेलमा आवद्ध गरिने वडा सचिब मंगल प्रसाद चौधरीले जानकारी दिनुभएको छ ।
नयाँ बर्षको आगमनको अवसर पारेर खेलमा सहभागीता होस भनि कार्यक्रम लाई युवा माझ लगिएको वडा नं ८ वडा सचिब चौधरीले जानकारी दिनुभएको छ ।
अध्यक्ष अध्यक्ष गोकर्ण बहादुर रानाका अनुसार  खेलकुद कार्यक्रमको विजेता खेल टोलीलाई आकर्षक नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ ।
 

तिर्थराज ज्ञवाली
२६ चैत्र,पिपरी(देउखुरी दाङ)

आर्थिक वर्ष: