FAQs Complain Problems

समाचार

माघि पर्ब तथा माघे संक्रान्तीको शुभकामना

माघि पर्ब तथा माघे संक्रान्तीको शुभकामना
३० पौष, मसुरीया(दाङ)
राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले माघि पर्बको  अवसरमा  सम्पुर्ण थारु समुदायलाई तथा माघे संक्रान्तीको अवसरमा सम्पुर्ण राप्ती वासी नागरिक तथा सम्पुर्ण नेपालीमा शुभकामना शन्देस ब्यक्त्त गर्नुभएको छ । 
अध्यक्ष सुबेदि द्धारा हस्ताक्षरित शुभकामना शन्देस विज्ञप्तीमा राप्ती गाउँपालिका थारु समुदायको बाहुल्यता रहेको गाउँपालीका हरेको र यस गाउँपालिकामा थारु समुदायको कला संस्कृति, भेष भुसा, भाषाले राप्ती गाउँपालिकाको पहिचान र शान बढाईरहेको हुदा थारु कला संस्कृति, भेष भुसा, भाषा संरक्षणको लागि राप्ती गाउँपालीका लागिरहेको उल्लेख गरिएको छ । शुभकामना शन्देसमा सिङगो राप्ती गाउँकार्यपालिका तथा सम्पुर्ण कर्मचारीको तर्फवाट समेत शुभकामना ब्यक्त गरिएको छ ।
यसै गरि एक अर्को विज्ञप्ती मार्फत राप्ती गाउँपालिका उपाध्यक्ष  जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसाल, प्रबक्ता बिद्याशरण चौधरी द्धारा संयुक्त शुभकामना शन्देस मार्फत सम्पुर्ण थारु समुदायलाई तथा माघे संक्रान्तीको अवसरमा सम्पुर्ण राप्ती वासी नागरिक तथा सम्पुर्ण नेपालीमा शुभकामना शन्देस ब्यक्त्त गर्नुभएको छ । 
मकर संक्रान्ती र माघी पर्वको अवसरमा शुभकामना शन्देस मार्फत स्वदेश तथा विदेशमा वस्ने नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको शुख, शान्ति र समृद्धीको कामना समेत गरिएको छ ।

आर्थिक वर्ष: