FAQs Complain Problems

समाचार

मुद्धाको फैसला ः अनुमतिविना स्त्री पशु बधगरि विक्रि वितरण नगर्न आदेश

मुद्धाको फैसला ः अनुमतिविना स्त्री पशु बधगरि विक्रि वितरण नगर्न आदेश

उच्च अदालत तुल्सीपुर दाङको फैसला अनुसार राप्ती गाउँपालिका क्षेत्रमा ब्यवसायकि तवरले स्त्री पशु बधगरि विक्रि वितरण गर्न रोक लगाईएको  छ ।
न्यायाधिस शिव नारायण यादव तथा ईश्वरराज आचार्यको संयुक्त ईजलासले अनुमतिविना स्त्री पशु बधगरि विक्रि वितरण नगर्न आदेश गरेको हो ।
राप्ती गाउँपालिका गाउँकार्यपालिकाको खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ उत्पादन, प्रशोधन तथा विक्रि वितरण सम्वन्धि मापडण्ड २०७४ अनुसार राप्ती गाउँपालिका क्षेत्रमा  स्त्री पशु बधगरि विक्रि गर्न नपाउने मापडण्ड अनुसार राीती गाउँपालिकाले रोक लगाएपछि केहि स्त्री पशु बधगरि विक्रि गर्ने ब्यपारीहरुले राप्ती गाउँपालिकाको कार्यालय, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, पशुसेवा केन्द्र विरुद्ध मुद्धा दायर गरेका थिए ।
स्त्री पशु बधगरि विक्रि गर्ने ब्यपारीहरुले राप्ती गाउँपालिकाको कार्यलयमा आई धम्की समेत गरेको र राप्ती गाउँपालिकाकाको नियम अनुसार सो कार्य नगर्न जानकारी तथा अनुरोध गर्दा मुद्धामामीला गर्ने धम्की दिई  मुद्धा दायर गरेका थिए ।
राप्ती गाउँपालिका वडा नं १ भालुवाङमा बस्दै आएका गढवा गाउँपालिका ४ खड्कपुरका वलालुद्धिन खान, राप्ती गाउँपालिका वडा नं २ बस्ने गुलाम अलि साई, राप्ती गाउँपालिका वडा नं १ भालुवाङ बस्ने अब्दुल महजिद र वडा नं ३ बस्ने कर्म सिंह केसी ले मुद्धा दायर गरेका थिए ।
राप्ती गाउँपालिकाले सो मुछा फैसला पस्चालको निणएयको स्वागत गर्दै  नियम विरुद्ध नागरिकलाई अस्वस्थ र स्त्री पशु बधगरि  रागाको मासु भन्दै विक्रिवितरण गर्नेहरुलाई आगामी दिनमा सो कार्य गरेको पाईएमा गाउँपालिकाको नियमानुसार कारर्वाहि गरिने बताईएको छ । 
गत असोज २० गते मुद्धा दायर गरिएपनि उच्च अदालत तुल्सीपुरमा यहि २०७५ साल चैत्र २५ गते फैसला सारी लिईएको पशु सेवा शाखाका पशु प्राविधिक सहायक शेर बहादुर हमालले जानकारी दिनुभएको छ ।

तिर्थराज ज्ञवाली
२६ चैत्र,मसुरीया (देउखुरी दाङ)

आर्थिक वर्ष: