FAQs Complain Problems

समाचार

मैत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगीतामा मनिश र शेर बहादुरको टिम विजयी 

मैत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगीतामा मनिश र शेर बहादुरको टिम विजयी 

‘संविधान दिवस राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔं’  भन्ने मुल नारा सहित राप्ती गाउँपालिकाका कर्मचारी विभ भएको  मौत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगीताको आयोजना गरिएकोमा मनिश लाल चौधरी र शेर बहादुर हमाल रिजालको टोली  प्रथम भएको छ ।
संविधान दिवश २०७७ को अवसरमा राप्ती गाउँपालिकामा कार्यरत कर्मचारीहरुविच गत शुक्रवार देखी ब्याडमीन्टन प्रतियोगीताको सुरु गरिएको थियो । शुक्रवार सुरु भएको खेलमा ब्याडमीन्टन प्रतियोगीतामा १६ टिमको सहभागीता रहेको थियो । 
 राप्ती गाउँपालिकाले असोजको  २ गते देखी ४ गते सम्म घरघरमा दीप प्रज्वलन  र राष्ट्रिय झण्डा समेत फहराईएको छ ।
आयोजित खेलमा पुरुष कर्मचारी ब्याडमिन्टन प्रतियोगीतामा मनिश लाल चौधरी र शेर बहादुर हमाल रिजालको टोली  प्रथम भएको छ । साथै महिला कर्मचारी ब्याडमिन्टन प्रतियोगीतामा  अनामिका चौधरी र हेमन्ता रेग्मीको टोली प्रथम भएको छ ।  त्यस्तै  पुरुष कर्मचारी ब्याडमिन्टन प्रतियोगीतामा  विश्वास विक र शरद पुरीको टीमले दृतिय स्थान प्राप्त गरेको छ । महिला कर्मचारी ब्याडमिन्टन प्रतियोगीतामा भारती सन्यासी र कमला न्यौपानेको टिमले दृतिय स्थान प्राप्त गरेको छ । तृतिय स्थान पुरुष तर्फ  बालचन्द्र गुरुङ र निर्मल शर्मा को टिमले हात पारेको छ भने महिला तर्फ सञ्चिता पौडेल र भगवता सुवेदिको टिमले तृतिय स्थान प्राप्त गरेको छ । 
विजयी टिमका खेलाडिले नगद तथा प्रमाण पत्र प्राप्त गर्नु भएको छ ।
विजयी खेलाडिलाई राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि तथा प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो ।

तिर्थराज ज्ञवाली
असोज ४, मसुरीया (देउखुरी दाङ)

आर्थिक वर्ष:

Poll

के तपाई गाउँपालिकाको काम कारवाही प्रति सन्तुष्ट हुनुहुन्छ ?