FAQs Complain Problems

समाचार

राप्तीको कार्यपालिका बैठकको निर्णय चार पर्यटकीय क्षेत्रको डिपीआर गर्ने तथा रेल विभागलाई सल्लाह सहित सिफारीस गर्ने

राप्तीको कार्यपालिका बैठकको निर्णय चार पर्यटकीय क्षेत्रको डिपीआर गर्ने तथा रेल विभागलाई सल्लाह सहित सिफारीस गर्ने
तिर्थराज ज्ञवाली
३० जेष्ठ, मसुरीया(दाङ)
राप्ती गाउँपालिका गाउँकार्यपालिकाको यस आर्थिक वर्ष  २०७४।७५  को  एक्काईसौ बैठक बुधवार गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसी महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।
बैठकले पर्यटन गुरुयोजनामा परेका प्रमुख ४ धार्मीक तथा पर्यटकीय स्थल वडा नं १ को खड्केश्वरी मन्दिर, वडा न.२ को हर्षेडाडा, वडा न. ५ को खौराहा मन्दिर र वडा न. ९ को देविकोट मन्दिर तथा पर्यटकीय स्थलको डिपीआर गर्ने, राप्ती गाउँपालिका भित्रको क्षेत्रबाट जाने पुर्ब पश्चिम रेलमार्गलाई पहिलेको सर्बे अनुसार कार्यगर्न र हाल पछिल्लो सर्बे अनुसार कार्य गर्दा क्षतिबढि हुने रेल विभागमा जानकारी गराउने निर्णय गरेको राप्ती गाउँपालिकाका प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।
साथै बैठकले आगामी गाउँसभाको तयारी तिव्र गर्ने, वडा बस्तीमा साना कुलामा लगाउने गरि वडागत होमपाईप वितरण गर्ने, गाउँपालिकाको बस्तुस्थिती विवरण तयार गर्न तथ्याङ लिने कार्यलाई तिब्रता दिने समेत निर्णय गरेको प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।
 

आर्थिक वर्ष: