समाचार
राप्तीको तिन स्थानमा सामुदायिक स्वास्थ्य इकाई सुरु
राप्ती गाउँपालिकाले गणतन्त्र दिवशको अवसर पारेर नागरिकलाई सुलभ स्वास्थ्य सेवा पुराउन तिन स्थानमा सामुदायिक स्वास्थ्य इकाई सुरु गरेको छ ।
राप्ती गाउँपालिकाको वडा नं ३ र ४ को मध्यभाग मौरीघाट, वडा न. ६ को पत्थरगढवा र विकट मानिने वडा नं ९ को देविकोटमा स्वास्थ्य कर्मी सहितको सामुदायिक स्वास्थ्य इकाई सुरु गरिएको छ । तिन स्थानको सामुदायिक स्वास्थ्य इकाई को उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदिले नागरिकको सेवा सुविधाको लागि राप्ती गाउँपालिका सधैव लागीपरेकोले अव नागरिकलाई प्राथमीक स्वास्थ्य सेवा लिन सजिलोहोस भन्ने उदेश्यले राप्ती गाउँपालिकाको तिन स्थानमा स्वास्थ्य इकाई सुरु गरिएको बताउनु भएको छ ।
सामुदायिक स्वास्थ्य इकाईहरुको उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदी, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसाल, वडा अध्यक्षहरु विद्याशरण चौधरी, वेद प्रसाद चौधरी, विष्णु बहादुर जि.सी. रिम बहादुर सुनारी, चन्दर चौधरी, स्वास्थ्य शाखा संयोजक नारायण राउत सह संयोजक नवराज न्यौपाने सामुदायिक स्वास्थ्य इकाई स्थापना भएका स्थानका स्थानिय नागरिकहरु लगाएतको सहभागीता रहेको थियो ।
सामुदायिक स्वास्थ्य इकाईहरुमा राप्ती गाउँपालिकाले एक जान अहेव एकजना अनमी र एकजना कार्यालय सहयोगी गरि तिनै ठाउमा स्वास्थ्य कर्मी पठाई सेवा सुचारु गरेको छ ।