समाचार
राप्तीको देविकोटमा बाख्रापालन तालिम सुरु
राप्ती गाउँपालिका वडा न. ९ को आयोजनामा तिन दिने बाख्रापालन तालिम देविकोटमा सुरु गरिएको छ ।
राप्ती गाउँपालिका वडा न. ९ का अध्यक्ष रिम बहादुर सुनारी मगरको अध्यक्षता तथा राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको प्रमुख आथित्यतामा सम्पन्न तालिमको उद्घाटन कार्यक्रममा वोल्दै उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले हाम्रो जस्तो कृषि तथा पशुपालनमा राम्रो मानिने ठाउँमा कृषकहरुलाई ब्यवसायीक प्रविधि तथा ज्ञानको कमीले गर्दा कृषकले उन्नति तथा प्रगति गर्न नसकेको हुदा राप्ती गाउँपालिकाले नागरिकलाई कृषि तथा पशुपालनमा लाभ पुग्ने गरि तालिम तथा ज्ञानका लागि तालिम सुरु गरेको हुदा भरपुर लाभ लिन सहभागीलाई आग्रह गर्नुभएको छ ।
विस जना सहभागी रहेको बाख्रापालन तालिममा बाख्रा पालनका तरिका, बाख्रालाई लाग्ने रोग तथा बचाउने उपाए, उन्नत बाख्रा पालनका तरिका दाना घाँस खुवाउने तरिका वारे पशु प्राविधिक प्रदिप चौधरीले प्रशिक्षण दिनुभएको छ ।
तालिम पश्चात सहभागीहरुलाई बाख्रालाई रोग बाट बचाउने औषधि तथा घाँसका विउ वितरण गर्ने कार्यक्रम रहेको छ ।