FAQs Complain Problems

समाचार

राप्तीको पन्ध्रौ बैठक नदिजन्य पदार्थ ठेक्का लगाउने देखी अपाङ्ग परिचय पत्र वितरण गर्ने निर्णय

राप्तीको पन्ध्रौ बैठक नदिजन्य पदार्थ ठेक्का लगाउने देखी अपाङ्ग परिचय पत्र वितरण गर्ने निर्णय

राप्ती गाउँपालिकाले पन्ध्रौ बैठकमा नदिजन्य पदार्थ ठेक्का लगाउने देखी अपाङ्ग परिचय पत्र वितरण गर्ने निर्णय गरिएको छ ।
सोमवार राप्ती गाउँपालिका गाउँकार्यपालिकाको यस आर्थिक वर्ष २०७५।७६ को १५ औ बैठक कार्यपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा बसी महत्वपुर्ण विषयमा छलफल गरि निर्णय गरिएको हो ।
गाउँकार्यपालिकाको बैठकमा अपाङ्गता भएका ब्यक्तिको परिचय पत्र वितरण सम्वन्धि कार्यविधि २०७५ को दफा ६ (१) अनुसार स्थानिय समन्यव समिति गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको संयोजकत्वमा गठन गरिएको प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।
प्रबक्ता चौधरीका अनुसार अपाङ्गता भएका ब्यक्तिको परिचय पत्र वितरण स्थानिय समन्यव समितिमा सदस्यको रुपमा सरोकारवाला  कार्यपालिका सदस्य सुनिता मल्ल, विद्यालय प्रध्यानाध्यापकको तर्फवाट श्री माध्यामीक विद्यालयकी प्रध्यानाध्यापक सीता रिजाल, चिकित्सकको तर्फवाट  चिकित्सक पुष्प भुसाल, अपाङ्ग संघ संस्थाको तर्फवाट दुःखराम सार्की रहेको बताउनुभएको छ ।
गाउँपालिकाको निर्णय अनुसार राप्ती गाउँपालिकाको क्षेत्राधिकारमा रहेको तथा जिल्ला समन्वय समितिले राप्ती क्षेत्रको नदिजन्य पदार्थ निकाल्ने  ईआई तथा आई ई इ स्वीकृत गरिको पश्चिम क्षेत्रको लागी तिन पटक सम्म  टेन्डर आब्हान गर्दा समेत  टेन्डर नपरेकोले बार्ताद्धार साझै ठेक्काको प्रकृया अघि बढाउने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले  जानकारी दिनु भएको छ ।
बैठकले राप्ती गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष बेदप्रसाद चौधरीका पुज्यनिय पीताको असामयीक निधन प्रति गहिरो समवेदना शोक प्रस्ताव पास गरेको छ साथै दाङ्ग जिल्ला स्तरिय पालिका स्तरिय भलिबल प्रतियोगीतामा  दोस्रो हुन सफल राप्ती गाउँपालिकाको भलिवल टोली लाई बधाई समेत पारित गरेको प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।

 

तिर्थराज ज्ञवाली
१४ माघ, मसुरीया(दाङ)

आर्थिक वर्ष: