FAQs Complain Problems

समाचार

राप्तीको बस्तुगत विवरण तथा अवस्था विश्लेषणको प्रारम्भिक मस्यौदा प्रस्तुत

राप्तीको बस्तुगत विवरण तथा अवस्था विश्लेषणको प्रारम्भिक मस्यौदा प्रस्तुत

तिर्थराज ज्ञवाली

पौष, मसुरीया(दाङ)

राप्ती गाउँपालिकाको बस्तुगत विवरण तथा अवस्था विश्लेषणको प्रारम्भिक मस्यौदा  सहयोगी संस्थाले कार्यपालिका समक्ष प्रस्तुत गरिएको छ ।

सोमवार प्रस्तुत गरिएको राप्ती गाउँपालिकाको बस्तुगत विवरण तथा अवस्था विश्लेषण पुस्तीका निर्माणका लागि जिम्मेवारी पाएको नामसालिङ संस्थाले प्राईमरि तथ्याङबाट गरिएको विश्लेषण गाउँपालिकाको विभिन्न बिषयमा रहेर गरिएको हो ।

सोमवार प्रस्तुत गरिएको बस्तुगत विवरण तथा अवस्था विश्लेषणको प्रारम्भिक मस्यौदा  सहयोगी संस्थाले कार्यपालिका समक्ष पेश गरिए पनि अन्तिम रुपमा वडा गत रुपमा अध्यन पश्चात सार्वजनिक गरिने राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिनुभएको छ ।

 

राप्ती गाउँपालिकाको बस्तुगत विवरण तथा अवस्था विश्लेषण पुस्तीका जनसंख्याको अवस्था, घरधुरी र जनसंख्या, वडागत घरधुरी र जनसंख्या, बस्तीगत घरधुरी र जनसंख्या ,उमेरगत जनसंख्या, थर अनुसार घरधुरी र जनसंख्या, धर्म अनुसार घरधुरी, मातृभाषा अनुसार घरधुरी, पेशामा आवद्घता, आर्थिक अवस्था, प्रमुख पशुपंछीहरु, भू–स्वामित्वको अवस्था, घरको अवस्था, इन्धनको स्रोत, सञ्चार तथा सवारी साधनको अवस्था लगाएतका विषयमा समेत बस्तुगत विवरण तथा अवस्था विश्लेषण गर्ने क्रममा तथ्याङ लिईएको छ ।

बस्तुगत विवरण तथा अवस्था विश्लेषण गर्ने क्रममा सामाजिक अवस्था, शैक्षिक अवस्था, कुल साक्षरता स्थिती, सामुदायिक विद्यालय र निजी विद्यालयमा पढ्ने कुल छात्रछात्रँ संख्या, तालिम प्राप्त जनशक्तिको विवरण, अपाङ्गता रोगको अवस्था, शौचालय प्रयोगको अवस्था, भौतिक पूर्वाधार विकास तथा सेवा सुविधाको अवस्था, सडक यातायात, सार्वजनिक यातायात र बस बिसौनी, उद्योगधन्दाहरु ,बत्तीको स्रोत, खानेपानीको स्रोतको अवस्था लगाएतका विषयमा  घरधुरी सर्बेक्षण गरि लिईएको तथ्याङको आधारमा राप्ती गाउँपालिकाको बस्तुगत विवरण तथा अवस्था विश्लेषण पुस्तीका निर्माण गरिएको छ ।

आर्थिक वर्ष: