FAQs Complain Problems

समाचार

राप्तीको ६ नं वडा शुन्य होम डेलीभरी वडा घोषणा

राप्तीको ६ नं वडा शुन्य होम डेलीभरी वडा घोषणा
तिर्थराज ज्ञवाली
आषाढ २१, पत्थरगढवा(देउखुरी दाङ)
राप्ती गाउँपालिकाको वडा नं ६ लाई शनिवार शुन्य होम डेलीभरी वडा घोषणा गरिएको छ ।
विगत केहिवर्ष अघिदेखीको अथक प्रयास पछि शनिवार वडा नं ६ शुन्य होम डेलीभरी वडा हुन योग्य भएकोले शुन्य होम डेलीभरी वडा नं ६ भनि राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले घोषणा गर्नु भएको छ ।
विगतका दिनमा सिसहनिया गाविसको ८ र ९ नं वडा हुदानै शुन्य होम डेलीभरी वडा घोषणा गर्न पहल थालिएपनि बल्ल राप्ती गाउँपालिकाको वडा नं ६ को रुपमा विकास भैसकेपछि मात्र सबैको सहयोगले ६ नं वडा शुन्य होम डेलीभरी वडा बन्न सफल रहेको वडा नं ६ का वडा अध्यक्ष बेद प्रसाद चौधरीले बताउनु भएको छ । 
शुन्य होम डेलीभरी वडा हुन आवस्यक पर्ने सबै मापडण्ड पुरा गरि आगामी दिनमा समेत सो अभियानलाई निरन्तरता दिने पुर्वाधारहरु निर्माण तथा ब्यवस्था भैसकेकोले वडा नं ६ शुन्य होम डेलीभरी वडा हुन सफल भएको साथै राप्ती गाउँपालिका स्वास्थ्य शाखाको ३ वर्षे शुस्म अनुसन्धान र महिला स्वास्थ्य स्यंम सेविकाहरुको प्रयास वाट यो कार्य सफल भएको स्वास्थ्य संयोजक नारायण राउतले जानकारी दिनुभएको छ ।
पत्थरगढवा स्वास्थ्य ईकाईको आयोजनामा आयोजित शुन्य होम डेलीभरी घोषणा कार्यक्रममा स्थानिय नागरिक, महिला आमा समुह, टोलविकास संस्थाका प्रतिनिधि, स्वास्थ्य स्यंम सेविका लगायतको सहभागीता रहेको थियो ।
वडा नं ६ का वडा अध्यक्ष बेद प्रसाद चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रबक्ता विद्याशरण चौधरीको विशिष्ट आथित्यतामा आयोजित कार्यक्रममा शुन्य होम डेलीभरी वडा निर्माण गर्न साथदिने महिला स्वास्थ्य स्यंस सेविकाहरुलाई सम्मान पत्र प्रदान समेत गरिएको थियो ।
वडा नं ६ शुन्य होम डेलीभरी वडा घोषणा भएकोमा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रवक्ता विद्याशरण चौधरी, समाजसेवि बामदेव चौधरी, ज्ञानोदय माविका प्रधानाध्यापक लगायतकाले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
वडा नं ६ शुन्य होम डेलीभरी वडा घोषणा भए पश्चात राप्ती गाउँपालिकाको आगामी आर्थिक वर्षमा हरेक वडालाई शुन्य होम डेलीभरी वडा  बनाउन बेथा लागेका महिलालाई प्रसुतिका लागि गाउँपालिका क्षेत्र भित्रका सरकारी स्वास्थ्य संस्थामा  ल्याउन र लैजान राप्ती गाउँपालिकाले निशुल्क एम्वुलेन्स सेवा उपलब्ध गराउने कार्यक्रम आगामी आर्थिक वर्ष २०७६।०७७ मा ल्याउने निति तथा कार्यक्रममा घोषणा गरिएको छ ।
 

आर्थिक वर्ष: