FAQs Complain Problems

समाचार

राप्तीको ९ नं वडामा योजना अनुगमन ८५ प्रतिशत कार्य सम्पन्न 

राप्तीको ९ नं वडामा योजना अनुगमन ८५ प्रतिशत कार्य सम्पन्न 
तिर्थराज ज्ञवाली
बैशाख १०, देविकोट(देउखुरी दाङ)
राप्ती गाउँपालिकाको वडा नं ९ मा निर्माणाधिन र निर्माण सन्पन्न विकासे योजना, खानेपानी योजना तथा नयाँ ट्याकको अनुगमनमा यस आर्थिक वर्षका ८५ प्रतिशत कार्य सम्पन्न भएको पाईएको छ ।
राप्ती गाउँपालिकाको तेस्रो तथा चौथो गाउँसभावाट स्वीकृत योजना अन्तरगतका देविकोट, घोसखोला, घोङलेआप, लामाखोला, लेवासे, रुपाकोट लगाएतका क्षेत्रका योजनाहरुको अनुगमन गरिएको हो ।
सोमवार र मंगलवार गरिएको अनुगमनमा राप्ती गाउँपालिका उपाध्यक्ष तथा योजना अनुगमन समिति संयोजक जगदम्वा कुमारी चौधरीको संयोजकत्वमा वडा नं २ का वडा अध्यक्ष जगत बहादुर थापा, वडा नं ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगर, तारा कुमारी चौधरी, योजना शाखा असिस्टेन्ट सव ईन्जिनियर विमला भट्राई, वडा नं ९ का वडा सचिव दयाराम चौधरी, वडा नं ९ का असिस्टेन्ट सव ईन्जिनियर मान बहादुर जि.सी, सञ्चार संयोजक तिर्थराज ज्ञवाली, निर्माण समिति अध्यक्ष मोहन घर्ति, ताम बहादुर खैकला, दिनेश वली लगाएतको सहभागीता रहेको थियो ।
अनुगमनको क्रममा मौरीघाट देविकोट सडक स्तर उन्नती, देविकोट  स्वास्थ्य ईकाई फिल्ड तथा शौचालय निर्माण, घोङलेआप खानेपानी योजना,लामाखोला लेवासे सडक निर्माण, घैयावारी जलुकेनी चन्दैली घुमौने सिचाई योजना, विद्युतिकरण, वडा कार्यालय ब्यवस्थापन लगायतका योजनाहरुको अनुगमन गरिएको हो ।
अनुगमन टोलीले ६९ लाख वरावरको योजनाहरुको अनुगमन गरिएको छ । यस आर्थिक वर्षमा राप्ती गाउँपालिका वडा नं ९ मा स्वीकृत योजना तथा चुरे संरक्षण अभियान अन्तरगत १७ वटा योजना सञ्चालनमा रहेको वडा सचिव दयाराम चौधरीले बताउनु भएको छ ।
वडा नं ९ का करिव ८५ प्रतिशित विकासे योजना सम्पन्न भएको र बाकी जेष्ठ महिना भित्रमै सम्पन्न हुने वडा नं ९ का असिस्टेन्ट सव ईन्जिनियर मान बहादुर जि.सीले जानकारी दिनुभएको छ ।

 
 

आर्थिक वर्ष: