FAQs Complain Problems

समाचार

राप्तीमा अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड दुबै श्री मावि मौरीघाटको हातमा

प्रथम गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम गाउँपालिका अध्यक्ष कप दुबै तर्फको विजेता बन्न सफलभई दुबै शिल्ड तथा कप श्री माध्यामीक विद्यालय मौरीघाटको हातमा परेको छ ।
फुटवल छात्र तर्फ फाईनल खेलमा आदर्श माध्यामीक विद्यालयलाई ४ का विरुद्ध ५ गोल गरि श्री माध्यामीक विद्यालय मौरीघाटले प्रथम गाउँपालिका अध्यक्ष कप जित्न सफल भएको हो । त्यस्तै कवड्डी छात्र र छात्रा तर्फ छात्रहरुले सिरीन भ्याली स्कुल र छात्राहरुले आदर्श नमुना विद्यालयलाई हराउदै श्री माध्यामीक विद्यालय मौरीघाटले कबड्डी तर्फको दुबै प्रथम पुरस्कार जित्न सफल भएको थियो । सम्पुर्ण खेलको अंकको हिसावले धेरै अंक ल्याउन सफल श्री माध्यामीक विद्यालय मौरीघाटले प्रथम गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता, प्रथम गाउँपालिका अध्यक्ष कप जित्न सफल भएको हो ।
शुक्रवार पुरस्कार वितरण कार्यक्रमको आयोजना गरि गाउँपालिकाले प्रदेश नं ५का प्रदेश सभा सदस्य ईन्द्रजित थारुको हातबाट प्रथम गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड तथा राप्ती गाउँपालिका अध्यक्षको हातवाट अध्यक्ष कप विजयीहरुलाई प्रदान गरिएको छ ।
छात्रा तर्फ सर्बोदय माध्यामीक विद्यालय सिसहनियाले प्रथम स्थान हात पारेको छ । 
मुनलाईट माध्यामीक विद्यालय लाई ४ गोल हानेर सर्बोदय माध्यामीक विद्यालय सिसहनियाले जित आफु तर्फ समेटेको हो । फाईनल खेलमा निश्चीत समयमा एक एकको बरावरी भएपछि पेलान्टीमा मुनलाईट माध्यामीक विद्यालयले ३ गोलमात्र गरेपछि सर्बोदय माध्यामीक विद्यालय सिसहनियाले हात पारेको हो । 
भलिबल छात्र फाईनल खेलमा ज्ञानोदय माध्यामीक विद्यालय पत्थरगढवा विजयी भएको छ शंकर माध्यामीक विद्यालय पीपरी लाई हराउदै ज्ञानोदय माध्यामीक विद्यालयले छात्रतर्फको भलिवलको प्रथम स्थान प्राप्त गरेको हो । कबड्डी तर्फ छात्र फाईनल खेल श्री माध्यामीक विद्यालय मौरीघाटले सिरीन भ्याली स्कुल मौरीघाटलाई हराउदै प्रथम स्थान प्राप्त गरेको ओयाजक राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत विश्वास विकले जानकारी दिनुभएको छ ।
राप्ती गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत गरि २१ विद्यालयहरुको सहभागीता रहेको प्रथम गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता, प्रथम गाउँपालिका अध्यक्ष कप मा कवड्डी तर्फ श्री माध्यामकि विद्यालयले जित हात पारेको छ । श्री माध्यामकि विद्यालयले आदर्श माध्यामीक विद्यालयलाई हराउदै प्रथम भएको छ । 
भलीवल छात्रा तर्फ ज्ञानोदय माध्यामकि विद्यालयले श्री सर्बेादय माध्यामीक विद्यालय लाई हराउदै प्रथम स्थान प्राप्त गरेको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत विश्वास विकले जानकारी दिनुभएको छ ।
नवज्योति आधारभुत विद्यालय, सिरिचौरको खेलकुद मैदानमा गत २७ गतेदेखी सुरु गरिएको प्रथम गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भलिबल छात्र छात्रा, कबड्डी छात्र छात्रा, एथ्लेटिक्स अन्तरगत दौडः १०० मिटर, ४०० मिटर, १५०० मिटर छात्र छात्रा खेल र प्रथम गाउँपालिका अध्यक्ष कप फुटवल खेल समाबेश गरिएको थियो ।
एथ्लेटिक्स अन्तरगत १५०० मिटर दौड छात्र तर्फ सर्बोदय माविका विमल परियार प्रथम, मावि मौरिघाटका गोकर्ण बस्नेत द्धितिय, आदर्श नमुना माविका सन्तोष कुमाल तृतिय भएका छन् । साथै १५०० मिटर दौड छात्रा तर्फ मावि मौरिघाटकी सिसा शाहि प्रथम, दिपज्योति कोडिङकी मेनुका चौधरी द्धितिय, सर्बोदय माविकी सन्जु चौधरी तृतिय भएकी छन् । ४०० मिटर दौड छात्र तर्फ मुनलाईट आमाविका जनक पोख्रेल प्रथम, सिरीन भ्यालीका मोहन बस्नेत द्धितिय र सर्बोदय माविका रमेश चौधरी तृतिय भएका छन् । ४०० मिटर दौड छात्रा तर्फ ज्ञानोदय माविकी सुशिला चौधरी प्रथम, मावि मौरीघाटकी चिरीन्जीवी गीरी द्धितिय र सर्बोदय माविकी कुस्मा चौधरी तृतिय भएको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका फनेन्द्र देवकोटाले जानकारी दिनुभएको छ ।

अध्यक्षकप प्रथम गाउँपालिका स्तरीय खेलमा छात्र छात्राको फुटवल खेल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको १०० मिटर दौडमा छात्र तर्फ मुनलाईट आमाविका जनक पोख्रेल प्रथम, मावि मौरीघाटका अशोक घर्ति द्धितिय, र दिपज्योति बोडिङका निरज चौधरी तृतिय भएका छन् । १०० मिटर दौडमा छात्रा तर्फ १०० मिटर दौडमा छात्रा तर्फ मेनुका चौधरी, दुर्गा भवानी आमाविकी आशा चौधरी द्धितिय र सर्बोदय माविकी सञ्चीता चौधरी तृतिय भएकी छन् ।
प्रथम गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता, प्रथम गाउँपालिका अध्यक्ष कप फुटवल प्रतियोगीतालाई सभ्य तथ अनुसासीत तवरले सञ्चालन गर्नका लागि फुटवल खेलमा रेफ्रीको रुपमा एन्फा रेफ्रे देव नारायण दहाल, खुम बहादुर वली, सुरेन्द्र चौधरी, खेल शिक्षक रेफ्री यज्ञ शर्मा, सुवास भुसाल, सुवर्णमान चौधरी, सुनील चौधरीले खेल खेलाउनु भएको थियो, त्यस्तै कवड्डी खेलमा रेफ्रीको रुपमा राष्ट्रिय कबड्डी रेफ्री भगवती अधिकारी, खेल शिक्षक रेफ्री ठाकुर भुसाल, धनीराम घर्ती, पुरन चौधरी, लक्ष्मी नारायण चौधरी, गोपाल पौडेल खेल खेलाउनु भएको थियो त्यस्तै भलीवल खेलमा रेफ्रीको रुपमा वडा नं ५ का वडा सदस्य गणेश चौधरी खेल शिक्षक रेफ्री विलोचन चौधरी, हंशराज चौधरी, एकदेव चौधरी, विराजन विष्ट, शागर शर्मा, दिनेश बहादुर विष्ट लगायतककाले रेफ्रीको भुमीका निर्वाह गर्नुभएको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत विश्वास विकले जानकारी दिनुभएको छ ।

तिर्थराज ज्ञवाली
जेष्ठ ३१ सिरीचौर(देउखुरी दाङ)

आर्थिक वर्ष: