FAQs Complain Problems

समाचार

राप्तीमा आगामी आर्थिक वर्षको बजेट, योजना, निती तथा कार्यक्रमको तयारी

राप्तीमा आगामी आर्थिक वर्षको बजेट, योजना, निती तथा कार्यक्रमको तयारी
आषाढ ३, मसुरीया(देउखुरी दाङ)
राप्ती गाउँपालिका गाउँकार्यपालिकाको यस आर्थिक वर्ष २०७५।७६ को २६ औ बैठक मंगलवार सम्पन्न बैठकमा आगामी आर्थिक वर्षको बजेट, योजना, निती तथा कार्यक्रमको तयारी गरिएको छ ।
राप्ती गाउँपालिका गाउँकार्यपालिका अध्यक्ष नुमानन्द सुवेदि को अध्यक्षतामा सम्पन्न बैठकले आगामी गाउँ सभा, नयाँ आर्थिक वर्षको बजेट, योजना, निती तथा कार्यक्रमका वारेमा निर्णय गरेको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषण, निति कार्यक्रम प्रस्तुतिका लागि असारको १० गते पाँचौ गाउँसभा गर्ने निर्णय गरिएको छ ।
यस आर्थिक वर्षको अन्तिम महिनामा  आर्थिक चटारो पर्ने भएको हुदा सकभर सहज र सरल तरिकाले योजना तथा कार्यक्रम समयमै सक्न र भुक्तानि लिन दिन बैठकले कार्यालय तथा नागरिकलाई अनुरोध समेत गरेको छ ।
बैठकले  आगामी आर्थिक वर्षको  लागि वडा गत रुपमा बजेट सीमा निर्धारण गरिए बमोजिम योजना आगामी ७ गते सम्म गाउँपालिकाको कार्यालयमा पेश गर्न कार्यपालिका सदस्यहरुलाई जिम्मेवारी प्रदान गरेको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।
बैठकमा वडा गत रुपमा प्राप्त प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तरगतको कार्यक्रम सञ्चालन गर्न  वडाहरु संग अन्तिम छलफल गरिएको साथै आगामी वर्षको निति तथा कार्यक्रम, आर्थिक ऐन,विनियोजन ऐन र बजेट तयारी गर्ने, गाउँसभामा पेशगर्ने विभिन्न ऐन,नियमावलीहरुको अध्यन तथा तयारी गर्ने, र समयमै योजनाको भुक्तानी प्रक्रिया आगामी १५ गते देखी २० गते सम्म सम्पन्न गर्ने समेत निर्णय भएको बैठकका  सदस्य सचिव प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माले जानकारी दिनुभएको सञ्चार संयोजक तिर्थराज ज्ञवालीले खवर पठाएका छन् ।
 

आर्थिक वर्ष: