FAQs Complain Problems

समाचार

राप्तीमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चित्ता गोष्ठी

राप्तीमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चित्ता गोष्ठी

राप्ती गाँउपालिकालाई स्वच्छ, सफा, स्वस्थ र पोषणयूक्त बनाई समृद्व नेपाल सुखी नेपाली बनाउने अभियानलाई सफल बनाउने उदेश्यका साथ राप्ती गाँउपालिका र सुआहारा कार्यक्रमद्घारा संयुक्त रुपमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चित्ता गोष्ठीको आयोजना गरिएको छ ।
मानव विकासमा कुपोषण अवरोधको रुपमा नरहोस् भन्ने बहुक्षेत्रीय पोषण योजना दोस्रोको मुलमर्म र अवधारणा अनुरुप मातृ, शिशुु तथा किशोर किशोरीको पोषण स्थितिमा सुधार ल्याउन ाप्ती गाउँपालिका, दाङका जन प्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखाका प्रमुखहरु तथा स्वास्थ्य संस्थाका प्रमुखहरु लगाएत अन्य सरोकारवालहरुको सहभागितामा शुक्रवार र शनिवार कार्यक्रम आयोजना गरिएको हो ।
स्वास्थ्य तथा पोषणका लागि २६ बुदे स्थानीय सुशासन नीतिहरुहरुको निर्माण गर्दै कार्यान्वय गर्ने प्रतिबद्धताका साथ सम्पन्न भएको कार्यक्रमले राप्ती गाउँपालिकाको पोषण दुतको रुपमा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीलाई चयन गरेको छ ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकामा स्वास्थ्य र पोषणको क्षेत्रमा स्वास्थ्य शाखा, शिक्षा शाखा, खोपानी तथा सरसफाई, कृषि, पशु, महिला तथा बालबालिका र प्रशासन शाखाले गर्दै आएका प्रयास र उपलब्धिका बारेमा विश्लेषण गर्दै आगामी रणनिति समेत निर्माण गरिएको हो ।
गोष्ठीमा राप्ती गाउँपालिकामा स्वास्थ्य र पोषणको क्षेत्रमा भएगरेका कार्य प्रगतिका वारेमा शिक्षा अधिकृत बासुदेव खनाल, स्वास्थ्य शाखा सह संयोजक भारती सन्यासी खानेपानी तथा सरसफाइ शाखा संयोजक गिता चौधरी, पशु सेवा शाखाका कमल पुन, महिला तथा बालबालिका शाखा प्रमुख जिवन कुमारी जिसीको जानकारी गराउनु भएको थियो ।
एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चित्ता गोष्ठीको अवसरमा स्वास्थ्य तथा पोषणको क्षेत्रमा तत्काल वा आगामी आथर््िक वर्षमा सञ्चालन हुनेगरि २५ बुदामा रहेर योजना निर्माण गरिएको छ । साथै कृषी तथा पशु सेवा तर्फ १७ बुदा, खानेपानी तथा सरसफाइ र स्वच्छताका विषयमा  ६ बुदा, महिला तथा बालबालीका क्षेत्रमा ८ बुदा र शिक्षा क्षेत्रका लागि ६ बुदामा रहेर यस वर्षका क्रियाकलापहरु तय गरी बार्षिक तथा त्रैमासिक योजना बनाई कार्यान्वयन गर्ने तथा अर्काे वर्षदेखि उक्त प्रतिबद्धता अनुसार योजना बनाई तथा बनाउन सहजिकरण गरी योजना निर्माण प्रक्रियाको माध्ययमबाट पालिकाको वार्षिक कार्यक्रममा समाहित गराउने योजना निर्माण गरिएको हो ।

स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चित्ता गोष्ठीमा नामसालिङका कृषि संयोजक, शसांङ्क आचार्य, सुआहारा, दाङका उ एम.एन.सि.एच र जे.सी.अधिकृत आनन्द कर्ण, वास अधिकृत विकास बन्जारा वेस, सुआहाराका चाम बहादुर चौधरी, सुआहारा  कृषि तथा बजारीकरण अधिकृत सेतुलाल डाँगी, पोषण अधिकृत लिल बहादुर नेपाली, सुआहाराका  कार्यक्रम संयोजक सुरज कुमार शर्मा,सुआहारा, रोल्पाका कार्यक्रम संयोजक भरत प्रसाद भट्ट, बेस, दाङका  जिल्ला सचिब, रुपलाल चौधरी, सामुदायिक पोषण स्वयंसेवक सुनिता कुमारी चौधरी, फिल्ड सुपरभाईजर नितु चौधरी, सामुदायिक पोषण स्वयंसेवक गिरजा कुमारी चौधरी लगायतले  उद्योग बाणिज्य संघका टोप बहादुर झांक्री मगर, होटल व्यवसायी महासंघका महेश बेल्वासे स्वास्थ्य तथा पोषणका बारेमा जानकारी प्रस्तुत गर्नु भएको थियो ।
प्रतिबद्धतामा हरुताक्षर
एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चित्ता गोष्ठीमा राप्ती गाँउपालिकालाई स्वच्छ, सफा, स्वस्थ र पोषणयूक्त बनाई समृद्व नेपाल सुखी नेपाली बनाउने अभियानलाई सफल बनाउनका लागि कार्यपालिका तथा गाँउपालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिद्धारा २६ प्रतिबद्धताकार्यान्वयनका लागि हरुताक्षर गरिएको छ ।
स्वास्थ्य तथा पोषणका लागि स्थानीय सुशासन नीतिहरु
१. पालिकालाई पोषणयूक्त पालिका वनाउने नीति लिईनेछ ।
२. हरेक वडाका आम मानिसहरुलाई पोषण, स्वास्थ्य र सरसफाइमा सुसुचित वनाउने नीति लिईने छ ।
३.स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाहरु गुणस्तरिय बनाउदै समुदाय केन्द्रीत क्रियाकलापहरु संचालन गर्ने नीति लिईने छ ।
४.पलिकास्तरको खानेपानी स्वास्थ्य तथा सरसफाई नीति निर्माण गरी, नीति अनुसार रणनीति वनाई कार्यान्वयन गरिनेछ ।
५.नसर्ने रोगहरु नियन्त्रण गर्नको लागी बिभिन्न सचेतनामुलक अभियान संचालन गर्ने नीति लिईनेछ ।
६.पालिका क्षेत्रका वजारको सुन्दरताका लागि एक घर एक गमला र पालिकाको पर्यटकीय स्थानहरुमा हरित पालिका प्रवद्र्धन गर्ने उदेश्यले फलफुल लगायतका विरुवा रोप्ने नीति लिने छ ।
७.हरिया तरकारी, फलफुल, मासु, अण्डा तथा दुधमा आत्मनिर्भर वन्नका लागि एक वडा एक कृषि÷पशु प्राविधिक र हरेक वडामा नमुना कृषक वनाउने नीति लिईने छ ।
८.वालमैत्री स्थानीय शासनलाई प्रवद्र्धन गर्ने नीति लिईने छ ।
९. पालिकाका सबै जनताहरुमा स्वच्छ तथा सफा पिउने पानीको र जोखिम पूर्ण अवस्थामा हात धुने बानिको विकासका लागी व्यवहार परिवर्तन सम्बन्धि कार्यक्रम संचालनको आवश्यक नीति लिईनेछ ।
१०.पालिकाका अन्तर सम्बन्धित शाखाहरुको बीचमा मासिक तथा नियमित रुपमा प्रगति समिक्षा गर्ने नीति लिईनेछ ।
११.स्वास्थ्य, पोषण र सरसफाई सम्बन्धि कमजोर सुचकहरुको आधारमा मासिक, चौमासिक साथै आवधिक योजना  बनाई लक्ष्यमा आधारित कार्यक्रम सञ्चालन गर्ने निति लिईनेछ ।
१२.पोषण, स्वास्थ्य सरसफाई सम्बन्धि मुख्य १० (दश) व्यवहार पवर्धनका लागी समुदाय स्तरमा वा वडा स्तरमा सामुदायिक स्वास्थ्य तथा पोषण सामाजिक परिचालक परिचालन गर्ने निति लिईनेछ ।
१३.पालिका भित्रका पोषण, स्वास्थ्य र सरसफाई, कृषि क्षेत्रमा सम्भाब्य अबसरहरुको अध्ययन गरि सोही अध्ययनको तथ्यांकको आधारमा क्रियाकलापहरु छनौट गरि कार्यान्वयन गर्ने नीति लिईने छ ।
१४.कृषि उपजहरुको व्यवसायीक रुपमा उत्पादन गरि निर्यातमुखि नीति लिईने छ ।
१५.आयातित पत्रु खानालाई विस्थापित गरी स्थानीय पोषणयुक्त खाना उत्पादन र प्रवद्र्धन गर्ने नीति लिईनेछ ।
१६.पालिका भित्रका सबै जात जाती, वर्ग र समुदायलाई समेटी समान अवसर दिने नीति लिईन छ (महिला सहभागीता तथा समतामुलक व्यवहारमा उतारिनेछ साथै लिङ्ग र लैङ्गिकताका आधारमा कसैले कसैलाई विभेदपूर्ण बाट मुक्त गरिने)।
१७. बालवालिकालाई संरक्षण गर्दै वाल विवाह र बहुविाह, न्युनिरकणका लागि प्रयास गरिनेछ ।
१८.बालबालिका तथा महिला माथी हुने कुनै पनि किसिमको हिँसा, दुव्र्यवहारलाई रोक्ने प्रयास गरिनेछ ।
१९.राप्ती गाउँपालिका भित्र रहेका अपांङ्ग, दलितहरुको संरक्षण गर्दै उनिहरुको हक हितको लागी प्रयास गरिनेछ ।
२०.राप्ती गाउँपालिका भित्रका महिलाहरुलाई सीपमुलक कार्यमा दक्षबनाई आत्म निर्भर र शसक्तिकरणमा जोड दिईनेछ ।
२१.गाउँ गाउँबाट जेष्ठ नागरिकहरुको तथ्यांक लिई उनीहरुलाई सम्मान गर्ने नीति लिईनेछ ।
२२.हरेक विद्यालयमा वाल (छात्र, छात्रा) मैत्री शौचालय, अपाङ्गमैत्री शौचालय, खानेपानीको पहूँचको व्यवस्था गरिनेछ ।
२३. हरेक विद्यालयमा सेनिटरी प्याड वितरण तथा यसको व्यवस्थापनको निति लिईनेछ ।
२४. बहुक्षेत्रीय पोषण पद्घतिको अवधारणा अवलम्वन गर्ने नीति लिईनेछ । गाउँपालिका तथा वडा तहमा गठन भएका पोषण तथा खाद्य सुरक्षा समितिहरुको वैठक नियमित रुपमा वसाल्ने र १००० दिनका आमाहरु पोषण सुधार तथा सरसफाई सम्बन्धि भए गरेका कार्यक्रमको समीक्षा गर्दै भावी योजनाहरु तय गर्ने पद्धतिलाइ नियमितता दिइनेछ ।
२५. बिभिन्न बिषयगत क्षेत्रमा दक्ष जनशक्तिको व्यवस्थापनको लागी मानब संशाधन नीति तयार गरिनेछ ।
२६ बिभिन्न क्षेत्रमा सार्वजनिक निजी साझेदारी अवधारणा मार्पत सेवा प्रदान गरिने नीति लिईनेछ ।
 
उल्लेखित नीति अनुरुप स्वास्थ्य तथा पोषण सुधारका लागी तपशिलमा उल्लेखित बिषयगत क्षेत्रहरुमा बिभिन्न कार्यहरु गर्दै लगिने र बिषयगत क्षेत्र अनुुसार कार्य गरिने बताईएको छ ।  

 

तिर्थराज ज्ञवाली
माघ १८,मसुरीया (देउखरी दाङ)

आर्थिक वर्ष: