FAQs Complain Problems

समाचार

राप्तीमा कुल २२ को चेकजाच पछिल्लो समय कोरना नतिजा नेगेटिभ १३ जना घर पठाईयो

राप्तीमा कुल २२ को चेकजाच पछिल्लो समय कोरना नतिजा नेगेटिभ १३ जना घर पठाईयो

राप्तीमा कुल २२ को चेकजाच पछिल्लो समय कोरना नतिजा नेगेटिभ १३ जना घर पठाईयो

दाङ जिल्लाको राप्ती गाउँपालिका स्थीत ऐरावति बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा रहेका १३ जना लाई थप केहि दिन होम क्वारेन्टीनमा बस्ने गरि घर पठाईएको छ । हाल सम्म कुल २२ को चेकजाच गर्दा कोरना संक्रमित नपाईएकोले सबैलाई घर पठाईएको छ ।
विश्व विख्यात समस्या कोरना भाईरसको बढ्दो संक्रमणको रोकथाम तथा सजगतका लागि अन्य जिल्ला तथा देश बाट घर आउनेलाई राप्ती गाउँपालिकाको दुई स्थानमा क्वारेन्टिन स्थापना गरि बस्ने ब्यवस्था मिलाईएको थियो ।
काम गर्ने शिलशिलामा संक्रमित भेटिएको जिल्ला तथा म्याग्दी वाट पैदल तथा हुलहालमा समाबेश हुदै आएका राप्ती गाउँपालिका वडा नं २ का १३ जनाको जिल्ला स्वास्थ्य कार्यालय दाङ र सिसहनिया स्वास्थ्य चौकीको नियमित चेकजाच गर्दा कुनै लक्षण समेत नरहेको र थप आर डि किट वाट रक्त परिक्षण गर्दा कोरना नतिजा नेगेटिभ आएको हुदा घरमै केहिदिन होम क्वारेन्टाईममा बस्ने गरि बिदा गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनु भएको छ ।
मजदुरी गरि हिड्दै र विभिन्न सवारी साधनमा पाठ सार हुदै घर फर्किएका ११ जना मध्य ६ जनालाई स्वास्थ्य चेकजाच गर्दा ज्वरो देखापरेपछि राप्ती गाउँपालिकाले ११ जना लाई दुई हप्ता पहिले क्वारेन्टाईनमा भर्ना गरेको थियोृ ।
हाल सम्म राप्ती गाउँपालिकाको क्वारेन्टाईनमा  १५ जनालाई राखीएकोमा हाल सबै आर डि किट वाट रक्त परिक्षण गर्दा कोरना नतिजा नेगेटिभ आएको हुदा घर गैसकेका छन् भने थप ७ जनाको बेलझुल्डीमा थ्रोट स्वाव चेकजाच गरिएको थियो । हाल सम्म राप्तीमा २ महिला र २० पुरुषमा कोरना संक्रमणको अवस्था रहे नरहेको चेकजाच गरिसकिएको छ । जसमा सबैमा नरहेको स्वास्थ्य संस्थाले प्रमाणीत गरेका छन् ।
कोरना भाईरसको संक्रमणको जोखीम रोक्न लगडाउन गर्नुपुर्व भारत वाट राप्ती गाउँपालिकामा १ सय ६४ जना आएको मा सबैलाई होम क्वारेन्टिनमा राखीएको थियो साथै समय समयमा उनिहरुको स्वास्थ्य चेक जाच समेत गरिदै आईएको थियो ।

तिर्थराज ज्ञवाली
बैशाख २२, सिसहनिया(देउखुरी दाङ)

आर्थिक वर्ष: