FAQs Complain Problems

समाचार

राप्तीमा खेलाडीहरुलाई हार्दिक स्वागत तथा बधाई

राप्तीमा खेलाडीहरुलाई हार्दिक स्वागत तथा बधाई !

राप्ती गाउँपालिकाको प्रतिनिधित्व गर्दै तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा दाङका १० स्थानीय तह बिच भएको भलिवल प्रतियोगितामा सहभागी राप्ती गाउँपालिकाको खेलाडि टोलीले दोस्रो स्थान लिन सफल भएकोमा राप्ती गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयमा स्वागत गर्दै बधाई दिईएको छ ।
गाउँपालिकाको प्रतिनिधित्व गर्दै पुरुष भलिवल खेलमा सहभागि भई दोस्रो स्थान हासिल गर्न सफल भएकोमा गाउँपालिका अध्यक्ष  नुमाननद सुवेदिले खेलाडीहरुलाई बधाई दिनुभएको छ ।
अध्यक्ष सुवेदिले स्थानिय तहको भौतिक विकास मात्र प्रगति नभएर  खेलाडिको पहिचान तथा  खेल प्रतिको विकास तथा सफलता पनि स्थानिय तहको प्रगतिको सुचक रहेको बताउनु भएको छ । राप्ती गाउँपालिका खेल तथा खेलाडिको उत्थान प्रगति तथा खेलाडिको क्षमता अभिबृद्धिमा लागिरहेको, वडा गत रुपमा खेलकुदका कार्यक्रम सञ्चालन भैरहेको  अवस्थामा तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा दाङका १० स्थानीय तह बिच भएको भलिवल प्रतियोगितामा यस गाउँपालिकाका खेलाडिहरुले दोस्रो स्थान लिन सफल भएकोमा गाउँपालिकालाई खेलको विकास र खेलाडिको क्षमता विकासमा थप बजेट विनियोजन गर्न हौसला थपिएको अध्यक्ष सुवेदिले बताउनु भएको छ ।
सम्मान कार्यक्रममा  खेलाडि ईश्वर केसी, सुवास चन्द्र बोहरा, कलेस चौधरी, राम बहादुर शाहि, विशाल केसी, अजय बन्जाडे ,मोहम्मद सलिम खान, रोशन चौधरी र लक्ष्मण रोका लाई साथै टोली कोचको रुपमा गणेश कुमार चौधरी लाई सम्मान गरिएको छ ।
सोमवार एक कार्यक्रमको आयोजना गरि खेलाडिहरुलाई सम्मान तथा  गाउँगाउँ परिक्रमा गराई नागरिक सम्मान समेत गरिएको छ ।
 

 

तिर्थराज ज्ञवाली
१४ माघ, मसुरीया (दाङ)

आर्थिक वर्ष: