FAQs Complain Problems

समाचार

राप्तीमा घाँसको विउँ भण्डार, प्रशोधन केन्द्र भवन शिलान्यास

बैशाख १३, मौरिघाँट(देउखुरी दाङ) राप्ती गाउँपालिका दाङ र नेपाल सरकार कृषि पशु तथा पंक्षि विकास मन्त्रालयको सहकार्य र नेपाल लाईभ स्टक सेक्टर ईनोभेसन विकेन्द्रित आयोजना सहयोग ईकाई बुटवलको आर्थिक सहयोगमा घाँसको विउँ भण्डार, प्रशोधन केन्द्र भवनको शिलान्यास गरिएको छ । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले शिलान्यास गर्नुभएको घाँसको विउँ भण्डार, प्रशोधन केन्द्र भवन मौरिघाँटमा निर्माण हुन लागेको छ । घाँसको विउँ भण्डार, प्रशोधन केन्द्र ५० लाखको बजेटमा निर्माण सम्पन्न गर्ने योजनाका साथ काम सुरु भै रहेको राप्ती गाउँपालिका पशु सेवा शाखा प्रमुख शेर बहादुर हमालले जानकारी दिनु भएको छ । ४ कोठा एक तल्ले आर सि सि फ्रेम स्टकचर रहने भुकम्प प्रतिरोधात्मक भवन केन्द्रिय डिजाईन अनुसार आगामी असार मसान्त सम्म निर्माण सम्पन्न गरिने राप्ती गाउँपालिकाका ईन्जिनियर अशोक बेल्वासेले जानकारी दिनु भएको छ । श्री अभियन्ता थापा जेभि बुटवल निर्माण कम्पनीले काम सुरु गरेको घाँसको विउँ भण्डार, प्रशोधन केन्द्रको भवनद्धारा घाँसका विउ ग्रेडिङ गर्ने, प्याकिङ गर्ने, प्रशोधन गर्ने र भण्डारण गर्ने काम हुने छ । स्थानिय कृषकहरुलाई तालिम, विउ विजन प्रदान गरि विभिन्न घाँसका जिउ उत्पादन गरि सरल तरिकाले आम कृषकलाई विउ उपलब्ध गराईने योजना रहेको छ ।

आर्थिक वर्ष: