समाचार
राप्तीमा तीज गीत प्रतियोगीता
राप्तीमा तीज गीत प्रतियोगीता
२५ भाद्र, मसुरीया (दाङ)
राप्ती गाउँपालिकाले हरितालिका तीजको अवसरमा सार्वजनिक रुपमा सबै महिलाहरुलाई तिज विशेष कार्यक्रममा आमन्त्रण गरि कला संस्कृतिको संरक्षण गर्दै समुह संस्थामा आवद्ध महिलाहरको हौसलामा बृद्धि गर्न राप्ती गाउँपालिका स्तरिय तीज गीत प्रतियोगीता सोमवार कार्यालय परिसरमा सम्पन्न गरेको छ ।
हिन्दु नारीहरुको महानचार्ड हरितालिका तीजको उपलक्ष्यमा आज देउखुरीको राप्ती गाउँपालिका ३ मसुरीयामा गाउँपालिका स्तरीय तीज गित प्रतियोगिता सम्पन्न भएको छ ।
१२ वटा समुहले भाग लिएको प्रतियोगितामा हिमाल महिला समुह बराखुटी प्रथम, सिंगे महिला समुह दोस्रो, नेपाल मगर महिला समुह भालुवाङ तेस्रो र नेपाल राष्टिय मावि भालुवाङले सान्त्वना स्थान हासिल गरेका छन् ।
विजेताहरुलाई क्रमश ७ हजार, ५ हजार,३ हजार र २ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको अध्यक्षता एवम् गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले तिजपर्वलाई आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा मनाउनु पर्ने बताउनुभएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, वडा नम्बर २ का अध्यक्ष जगतबहादुर थापा, वन महासंघका अध्यक्ष हरि भुसाल, , समाजसेवी शान्तराज पन्थी, लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यशोदा चौधरी र पत्रकार महेश रिजाल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संञ्चार संयोजक तिर्थराज ज्ञवालीले गरेका थिए ।