समाचार
राप्तीमा नेपाल सरकारको तर्फबाट कृषि गुरुयोजनाका लागि अध्यन गर्दै
राप्तीमा नेपाल सरकारको तर्फबाट कृषि गुरुयोजनाका लागि अध्यन गर्दै
राप्ती गाउँपालिकाको कृषि अवस्थाको गुरुयोजना निर्माणका लागि नेपाल सरकारको तर्फबाट काम सुरु गरिएको छ ।
राप्ती गाउँपालिका क्षेत्रको कृषि संग सम्वन्धित विकास प्रगतिका लागि नेपाल सरकारले गुरुयोजना निर्माणका लागि प्रारम्भीक टोली पठाएको हो ।
सो टोलीले राप्ती गाउँपालिका गाउँकार्यपालिका सदस्य तथा कर्मचारहिरु संग छलफल तथा अन्तरक्रिया गरेको हो । राप्तीको वडा तथा गाउँ टोल स्तरिय प्रारम्भिक बुझाईका लागि आईतवार कृषि गुरुयोजना निर्माण टोलीले छलफल तथा अन्तरक्रिया गरेको हो ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा गुरुयोजना निर्माणका लागि प्रारम्भीक टोलीका कृषि विशेषज्ञ लगानी बोर्डका शरद शर्मा र प्राविधिक अधिकृत वाली रोग क्षेत्रिय कृषि अनुसन्धान केन्द्र खजुराका बशिष्ठ आचार्यले विषय बस्तुमा जानकारी गराउनु भएको थियो ।
राप्ती क्षेत्र कृषिको लागि उत्तम क्षेत्रको रुपमा रहेको र आगामी नेपाल सरकारद्धार कृषि गुरुयोजना निर्माण गर्न लागेकोमा यस यस कृषि गुरुयोजनाको अध्यन तथा निर्माणले यस क्षेत्रका नागरिक, सरोकारवाला, कृषक, पशुपालक सम्पुर्णलाई फाईदा पुग्ने राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले बताउनु भएको छ ।
तिर्थराज ज्ञवाली
बैशाख १५, मसुरीया(देउखुरी दाङ)