FAQs Complain Problems

समाचार

राप्तीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका घरखेतमा

राप्तीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु
किसान परियोजना कृषकका घरखेतमा

राप्ती गाउँपालिका वडा नं ६ सगरापुरकी सरिता चौधरीले धानको उत्पादन बढाउदै कृषि पेशावाट पनि थोरै जग्गामा राम्रो उत्पादन दिनका लागि स्वर्गद्धारी कृषक समुहका आवद्ध हुनुभयो । ८ कट्ठामा भि एन आर २२४५ र २२३३ जातको धान लगाउनु भयो, कृषि प्राविधिकको नियमित सल्लाह र रेखदेखमा हेर्नलायक धान फलाउनु भएको र वहाँ विगतका भन्दा राम्रो र धेरै धान फलेको देखेर खुसीले गदगद हुनुहुन्छ ।
राप्ती गाउँपालिकाकै वडा नं ४ जनकपुरका नमुना कृषक समुहका सदस्यहरु पनि हर्दिनाथ वर्णशंकर १ र यु एस ३८२ नामको हाईब्रिड धान लगाएर हेर्न लाएक धान फलेपछि खुसी हुनुभएको छ ।
देउखुरी उपत्यकामा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु गर्नका लागि किसान परियोजना कृषकका घरघरमा पुगे संगै यो खालको परिवर्तन आएको हो ।
माथि उल्लेख गरिएका कृषकहरु जस्तै पछिल्लो समय सुपर चाईना ६०१ लगायतका धानको पहिलो खेति गराउन र आम्दानी तथा उत्पादनमा बृद्धि गराउने उदेश्यका साथ राप्ती गाउँपालिकामा ज्ञानमा आधारित एकिकृत दिगो कृषि परियोजना किसान २ नेपाल र कठाहामा रहेको चौधरी राईस मिलको सहकार्यमा काम भैरहेको छ ।
कृषकको आम्दानी संगै कृषि उत्पादनमा बृद्धि गर्न हामीले नयाँ हाईब्रिड धान खेतीको उत्पादन सुरु गरेको छौ, धान काट्ने समय हुदासम्म राम्रो र उत्साहित उत्पादन भएको ज्ञानमा आधारित एकिकृत दिगो कृषि परियोजना किसान २ नेपाल चौधरी राईस मिलका ब्यवस्थापक स्यामेश चौधरीले बताउनु भएको छ ।
उन्नत धान खेतिको अवस्थाको वारेमा बुधवार राप्ती गाउँपालिका उपाध्यक्ष, वडा नं ४ र ६ का अध्यक्षहरु, ज्ञानमा आधारित एकिकृत दिगो कृषि परियोजना किसान २ नेपाल, चौधरी राईस मिल, कृषक, कृषि प्राविधिक, पत्रकार टोलीले धान खेति संयुक्त रुपमा अनुगमनसमेत गरिएको छ ।
देउखुरी उपत्यकाका राप्ती गाउँपालिका, लमहि नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा करिव २ हजार कृषकलाई आवद्ध बनाएर २०० हेक्टर खेतमा मसिनो हाईब्रिड धानको उत्पादन गर्ने लक्ष्य सहित ज्ञानमा आधारित एकिकृत दिगो कृषि परियोजना किसान २ नेपाल, चौधरी राईस मिलले काम गरिरहेको ब्यवस्थापक स्यामेश चौधरीले बताउनु भएको छ ।
नेपाल सरकारले विदेश बाट आयातहुने मसिनो चामललाई नेपालमै उत्पादन गर्ने उदेश्यका साथ मसिनो हाईव्रिड धान हर्दिनाथ वर्णशंकर १, यु एस ३८२, भि एन आर २२४५ र २२३३,  यु इस ८०३, यु यस ८०३ को विउ उत्पादन गरि कृषकलाई परियोजना मार्फत वितरण गरिएको हो ।
विगतमा अन्य देश वाट आयात हुने मसिनो चामलको आयात परियोजनाको कार्यक्रम मार्फत कम हुने र हाम्रै नेपाली कृषकहरुले धेरै फल्ने, रोग कम लाग्ने र खादा स्वादिलो हुने धान चामलको उत्पादन गर्न उत्साहित हुने कृषि परियोजना किसान २ की एरिया संयोजक सुधा मिश्रले जानकारी दिनु भएको  छ ।
राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा नं ४ र ६ का वडा अध्यक्ष विष्णु बहादुर घर्र्ति क्षेत्रि, बेद प्रसाद चौधरी, कृषि शाखा प्रमुख महेश अधिकारी, किसान परियोजना २ का क्लस्टर विजनेश म्यानेजर भास्कर गौतम, एग्रीक्लचर प्रोडेक्टीङ एण्ड मार्केटिङ म्यानेजर नाथु प्रसाद चौधरी, संयोजक सुधा मिश्र, कृषि तथा बजार प्राविधिक सरस्वति केुसी लगयातको सहभागीता रहेको धान बाली तथा धान खेतिको अनुगमन कासाथ कृषकहरु संग भेटघाट समेत गरिएको छ ।
 

तिर्थराज ज्ञवाली
असोज  2077, बगरापुर  देउखुरी दाङ

आर्थिक वर्ष: