FAQs Complain Problems

समाचार

राप्तीमा फैजि किरा रोकथामका प्रयास सुरु

राप्तीमा फैजि किरा रोकथामका प्रयास सुरु

दाङको राप्ती गाउँपालिका क्षेत्रमा समेत मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिएकोमा नियन्त्रणका लागि प्रयास सुरु गरिएको छ ।
प्रसस्त मात्रामा मकै खेति रहेको राप्ती गाउँपालिका क्षेत्रको वडा नं १, २, ४, ५ र ९ मकै खेतिको राम्रो सम्भावना रहेका र सो क्षेत्रमा फौजी किराको प्रकोप देखीन थालेपछि राप्ती गाउँपालिका कृषि प्रसार शाखा बाट किरा रोकथामको लागि काम सुरु गरिएको प्राविधिक सहायक वरसाति गडरियाले जानकारी दिनु भएको छ ।
राप्ती गाउँपालिकामा मकै सुपरजोनले सिफारीस गरेका औषधि र कोवरा नामक बायो किटनासक औषधि साथै किङस्टार र कि टोप नामक विषादी तथा स्प्रेयर वडा मार्फत वितरण गरिएको छ ।
लकडाउनको अवस्थामा आवस्यकता अनुसार रोग किरा भगाउन वा मार्ने औषधि उपलब्ध गराउन नसकिरहेको अवस्थामा गाउँपालिकाले कृषकलाई आवस्यकता अनुसार औषधि उपचारको ब्यवस्थाका लागि प्रयास गरिरहेको बताईएको छ ।
यसै विच विकास कोष नर्वेको सहयोगमा नामसालिङ विकास केन्द्र ईलामले संचालन गरिरहेको“एकीकृत सामुदायिक विकास परियोजना“ को दाङ कार्यक्षेत्रमा पर्ने वडा नं १ र ९ का मकै कृषकलाई परियोजनाका लाभान्वित १०० साना किसानको करिव १५ हेक्टर जमिनमा पुग्ने विषादी गाउँपालिकाको कृषि शाखासंगको समन्वयमा वितरण गरिएको छ ।
विषाधिको उपयोग गर्दा अपनाउनु पर्ने सुरक्षा सावधानी सम्बन्धि सचेत गराउदै नामसालिङ द्धारा कृषकलाई विषादी वितरण गरिएको छ ।
मकै खेति गर्नुभएका कृषकले आफ्नो खेत बारीमा समेत त्यस्तो फौजि किराको लक्षण देखा परे वडा मार्फत कृषि प्रसार शाखामा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

तिर्थराज ज्ञवाली
जेष्ठ , मसुरीया(देउखुरी दाङ)

आर्थिक वर्ष: