FAQs Complain Problems

समाचार

राप्तीमा महिला सशक्तिकरण तथा अनुशिक्षण तालिम

राप्ती गाउँपालिकाको सहयोग तथा लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था पीपरी र भृकुटीमहिला बचत तथा ऋण सहकारी संस्था मसुरीयाको आयोजनामा पीपरी तथा मसुरीयामा महिला सशक्तिकरण तथा अनुशिक्षण तालिम आईतवार सम्पन्न गरिएको छ ।
साविक सिसहनिया तथा लालमटिया गाविसको क्षेत्रमा महिला हकहितका लागि काम गर्दै आएका दुबै संस्थाहरुले महिलाहरुको क्षमता विकासगर्ने उदेश्यले दुई दिने महिला सशक्तिकरण तथा अनुशिक्षण तालिमको आयोजना गरिएको सम्वन्धित संस्थाका अध्यक्ष यसोदा चौधरी तथा उपाध्यक्ष पार्वता सुवेदिले जानकारी दिनुभएको छ ।
महिला सशक्तिकरण तथा अनुशिक्षण तालिम समापन कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसाल, सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीलगायतकाले तालिममा सिकेका ज्ञान ब्यवहार र समाजमा लागुगर्न सबै लाग्नुपर्ने बताउनुभएको छ । 

आर्थिक वर्ष: