FAQs Complain Problems

समाचार

राप्तीमा मुक्त कमैया, मुत्त कमलरी तथा आदिवासी महिला लक्षित गरि बुटिक कडाई तालिम सुरु

राप्तीमा मुक्त कमैया, मुत्त कमलरी तथा आदिवासी महिला लक्षित गरि बुटिक कडाई तालिम सुरु
तिर्थराज ज्ञवाली
३० जेष्ठ, मसुरीया(दाङ)
मुक्त कमैयाहरु, मुत्त कमलरी तथा आदिवासी जनजातिहरुको शिप तथा क्षमता अभिबृद्वि गर्ने उदेश्यका साथ राप्ती गाउँपालिकाले दुई स्थानमा तिस दिने बुटिक कडाई तालिम पीपरीमा सुरु गरिएको छ ।
बुटिक कडाई तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नुमानन्द सुवेदिले राप्ती गाउँपालिका सदैव नागरिकहरुलाई शिप क्षमता अभिबृद्वि गर्न लागिरहेको र नागरिकले तालिमको सहि सदुपयोग गर्दै ज्ञान हासील गर्नु आवस्यक रहेको र स्वरोजगार बन्न प्रेरित हुनुपर्ने आवस्यक रहेको वताउनुभएको छ ।
मुक्त कमैयाहरु तथा मुत्त कमलरी तथा आदिवासी तथा जनजातिहरुका हरुको शिप तथा क्षमता अभिबृद्वि गरि आयआर्जन बढाउने उदेश्यका साथ रोजगारी श्रजना गर्ने उदेश्यका साथ राप्ती गाउँपालिका वडा नं ८ मा तालिम सुरु गरिएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिनुभएको छ ।
रामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी तथा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालको विशिष्ठ आथित्यता सम्पन्न तिस दिने बुटिक कडाई तालिमको उद्घाटन कार्यक्रममा वडा नं ८ का अध्यक्ष गोकर्ण बहादुर राना मगरले सम्पुर्ण सहभागीलाई स्वागत तथा शिप क्षमता अभिबृद्विको शुभकामना दिनुभएको छ ।

 

आर्थिक वर्ष: