FAQs Complain Problems

समाचार

राप्तीमा यसईई  परिक्षाको अनुगमन, मर्यादित र शान्तिपुर्ण सञ्चालीत हुदै

राप्तीमा यसईई  परिक्षाको अनुगमन, मर्यादित र शान्तिपुर्ण सञ्चालीत हुदै
तिर्थराज ज्ञवाली
१४ चैत्र, मसुरीया(देउखुरी दाङ)
राप्ती गाउँपालिका बाट यसईई  परिक्षाको विहिवार पनि  अनुगमन गरिएको छ ।  अनुगमनको क्रममा परिक्षा केन्द्र मर्यादित र शान्तिपुर्ण रुपमा सञ्चालीत हुदै गरेको पाईएको छ ।
यसईई  परिक्षालाई मर्यादित एवं अनुशासित बनाउनका लागि सहयोग पु¥याउने उदेश्यका साथ राप्ती गाउँपालिकाका जिम्मेवार पदिधिकारी वाट नियमीत अनुगमन गरिदै आईएको छ  ।
राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, शिक्षा तथा खेलकुद शाखाका  फनेन्द्रराज देवकोटाले श्री आदर्श नमुना माध्यामकि विद्यालय लालमटिया र श्री सर्बेादय माध्यामीक विद्यालय सिसहनियाको अनुगमन  गर्नुभएको छ ।
अनुगमनको क्रममा कक्षागत रुपमा विद्यिार्थीको क्रियाकलापको समेत अवलोकन गरिएको छ । साथै विद्यार्थीको बसाई , शौचालय, पीउने पानी जस्ता आवस्यकताको सहजताको समेत  अवलोकन गरिएको छ ।
अनुगमनको क्रममा श्री आदर्श नमुना माध्यामकि विद्यालय लालमटियाका प्रधानाध्यापक किरण पोख्रेल, शिक्षकहरु संग परिक्षाको बारेमा सोधपुछ समेत गरिएको छ साथै  श्री सर्बोदय माध्यामीक विद्यालय सिसहनियाका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष शिवध्वज मल्ल, प्रधानाध्यापक गोविन्द केसी संग समेत परिक्षाको बारेमा सोधपुछ गरिएको थियो  ।
यसईई परिक्षा सञ्चालन अवस्था तथा परिक्षा, विषय बस्तु, विद्यार्थीका बारेमा परिक्षा केन्द्राध्यक्ष संग सोधपुछ का साथै कक्षागत रुपमा अवलोकन समेत गरिएको छ ।

आर्थिक वर्ष: