समाचार
राप्तीमा योजना वाडफाडका लागि विषयगत समितिको बैठक सुरु
राप्तीमा योजना वाडफाडका लागि विषयगत समितिको बैठक सुरु
तिर्थराज ज्ञवाली
७ आषाढ, मसुरीया(दाङ)
राप्ती गाउँपालिका को आगामी आर्थिक वर्ष २०७५।७६ का लागि योजना टोल वस्ती, वडा वाट छनौट भईसकेपछि विषयगत समितिले गाउँपालिका स्तरमा बजेट विनियोजन तथा कार्यक्रमको स्तरिकरण गर्ने काम सुरु गरिएको छ ।
राप्ती गाउपालिकाको कुल आय अनुमान मध्ये बिषय क्षेत्रगत रुपमा सीमा (सीलीङ) निर्धारण कार्य वडा स्तरिय आयोजना कार्यक्रमको छनौट तथा प्राथमिकरण भई गाउँपालिकामा प्राप्त भएपश्चात आवश्यकताका आधारमा विश्लेषण गरि निर्धारण गर्ने गरि हाललाई सामाजिक विकास तर्फ तिन करोड चालीस लाख, आर्थिक विकास तर्फ एक करोड पैतालिस लाख, पुर्वाधार विकास तर्फ, चौध करोड छत्तीस लख चौसट्ठिी हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ विस लाख, संस्थागत विकास तथा सेवा प्रवाह तप पन्घ्र लाख बजेटमा रहेर विषयगत समितिहरुले बजेट विनियोजन तथा कार्यक्रमको स्तरिकरण गर्ने कार्य सुरु गरिएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिनुभएको छ ।
राप्ती गाउँपालिकामा विषयगत समितिले वडा गत रुपमा प्राप्त भएका योजना तथा कार्यक्रमहरुको लागि बजेट मुल्याङक तथा विनियोजन श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले निर्धारण गरेको वजेटको दायरामा रहेर वजेट तथा कार्यक्रम निर्धारण गरि राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिमा सिफारीस गर्ने प्रावधान रहेको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिनुभएको छ ।
सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरी, आर्थिक विकास समितिका संयोजक तारा बहादुर डिसि, पुर्वाधार विकास समिति संयोजक विष्णु बहादुर जिसि, सुशासन तथा संस्थागत विकास समिति संयोजक गोवर्धन रावत, तथा बन वातावरण तथा विपद ब्यवस्थापन समितिका संयोजक बेद प्रसाद चौधरीको संयोजकत्वमा विषयगत समितिको बैठक बसि राप्ती गाउँपालिकाको विकासका लागि पाँच विषयगत समितिले विषयगत छफफल गरि योजना तथा कार्यक्रम तय गर्न लागीरहेको विषयगत समितिका संयोजकहरुले जानकारी दिनुभएको छ ।
वडा गत रुपमा आएका तथा गाउँपालिका स्तरवाट कार्यान्बयन हुने योजना तथा कार्यक्रमको वजेट आवस्यकता अनुसार विषयगत समितिबाट शुक्रवार सम्म वाडफाड गरिने र कार्यक्रम तर्जुमा समितिमा सिफारीस गर्ने राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिनुभएको छ ।