समाचार
राप्तीमा राजस्व सुधार कार्ययोजना तर्जुमा कार्यशाला ।
राप्ती गाउँपालिकामा राजस्व सुधार कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न गरिएको छ । राप्ती गाउँपालिकामा लिईने राजस्वलाई सुधार गर्दै लैजान सुधार कार्ययोजना तर्जुमा कार्यशालाको आयोजना गरिएको हो ।
राजश्व परामर्श समिति संयोजक उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता तथा प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालको विशिष्ट आथित्यतामा कार्यपालिका सदस्य एवं शाखा प्रमुखहरुको सहभागितामा राजस्व सुधार कार्ययोजना तर्जुमा कार्यशाला गरिएको हो ।
हाल सम्म नागरिकवाट गाउँपालिकाले लिईरहेको राजश्व तथा कर का विषयमा स्पष्टता ल्याउन राजस्व सुधार कार्ययोजना तर्जुमा कार्यशालाको आयोजना गरिएको हो ।
डाईनामिक रिसोर्स म्यानेजमेन्ट सर्विसेज काठमाण्डौको सहजिकरणमा भएको सुधार कार्ययोजना तर्जुमा कार्यशालामा कर राजस्व तर्फ सम्पत्ति कर, भूमीकर मालपोत, व्यबसाय कर, घरजग्गा बहाल कर, जडिबुटी, कवाडी र जीवजन्तु करका विषयमा साझा बुझाई समेत गरिएको छ ।
राजस्व सुधार कार्ययोजना तर्जुमा कार्यशालामा गैर कर राजस्व तर्फका सिफारिश प्रमाणित दस्तुर, भवन निर्माण अनुमति दस्तुर, सेवाशुल्क, विक्री, सम्पत्ति भाडा लगायतका विषयमा जानकारी गरिएको थियो ।
कार्यशालामा गाउँपालिकाले वडा गत रुपमा तथा पालिका स्तरमा लिईदै आएको राजश्वमा प्रदेश र संघिय कानुनसंग बाधिएका वा समस्या परेका विषयमा समेत छलफल गरिएको छ । पालिकाको स्वामित्वमा रहेको जग्गा र यसको हालको उपयोग, पालिका क्षेत्रभित्रको सार्वजनिक र पर्ति ऐलानी जग्गा र यसको हालको उपयोगको अवस्था, पालिका क्षेत्रभित्रका महत्वपूर्ण पर्यटकीय र धार्मिक स्थलहरु र प्रयोगको अवस्था तथा लिईने सेवा शुल्कको अवस्था साथै आन्तरिक आय श्रोतका विवरणका वारेमा छलफल गरिएको थियो ।
कार्यशालामा राजश्व शाखा मार्फत लिईदै आएको सेवाको किसिम, दस्तुरको दर, संकलन हुनसक्ने कूल राजस्वका वारेमा स्पष्टता पारिएको थियो ।
कार्यशालाको सहजिकरण डाईनामिक रिसोर्स म्यानेजमेन्ट सर्विसेजका परामर्शदाता सुरेन्द्र वाग्ले, खिम प्रसाद न्यौपाने, दिप नारायण जोसी र महेन्द्र भुसालले गर्नुभएको थियो ।