FAQs Complain Problems

समाचार

राप्तीमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको योजना कार्यान्वयन गर्ने

राप्तीमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको योजना कार्यान्वयन गर्ने

१७ पौष मसुरीया(दाङ)
राप्ती गाउँपालिका गाउँकार्यपालिकाको यस आर्थिक वर्ष २०७५।७६ को १२ औ बैठक कार्यपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा बसी महत्वपुर्ण विषयमा छलफल गरि निर्णय गरिएको छ ।
बैठकमा राप्ती गाउँपालिका क्षेत्रमा एक करोड बरावरको रकमवाट राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको योजना कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।
बैठकले  आर्थिक वर्ष २०७४।७५ को आर्थिक लेखा परिक्षण प्रतिवेदन माथि छलफल गर्दै आगामी दिनमा सुधारगर्नु पर्ने आर्थिक खर्च गर्ने तौर तरिकामा छलफल गरिएको  छ ।
बैठकले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको योजना कार्यान्वयन गर्न  हरित पेटिका निर्माण गर्न बृक्षरोपण वडा नं  ४ मा पचहत्तर हजार रकम बरावरको कार्य गर्ने निर्णय गरिएको छ ।
बैठकले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको योजना कार्यान्वयन गर्न विभिन्न घाँस, डालेघाँस, दाउरा, गैर काष्ठ वन पैदावार रुख प्रजातिका विरुवा खरीद गरि बृक्षरोपण चुरेक्षेत्रका सबै वडामा पचहत्तर हजार रकम बरावरको, गल्छी पहिरो तथा खहरे खोला रोकथाम कार्यक्रम  साठी लाख बरावरको रकम बाट वडा नं ५ को भुल्के, वडा नं २ को कटेशनाला र कुम्ले टोल र आपखोलीमा, रेन वाटर  रनअफ हार्भेस्टिङ ड्याम दश लाख बरावरको वडा नं १ को स्वर्गद्धारी प्रा वि क्षेत्रमा निर्माण गर्ने, वडा नं ८ मा क्षतिग्रस्त भुमी पुनरुत्थान कार्य दुई लाख बरावरको, भिरालो कृषि भुमीमा बहुबर्षिय बाली विस्तार वडा नं २ को बाउने पाटा र वडा नं ३ को नयाँबस्तीमा एक लाख बरावरको, भुमीगत जल पुर्नभरण र सतहमुनिको पानी उपयोगका लागि पोखरी निर्माणका लागि देविकोटमा नदि तथा खोला नियन्त्रणका लागि वडा नं ६ को प्रस्तावित वडा कार्यालय पश्चिम, वडा नं ७ को बड्का सिसहनिया पुल पुर्व, दोलाईखोला, आपखोली, ग्वादि खोला, वडा नं ३ र ४ को बुढीचौरमा  विस विस लाख वरावरको निर्माण गर्ने निर्णय भएको छलफल गरि निर्णय गरिने प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।
बैठकले स्थानिय तह उद्यम विकास तालिम विभिन्न वडाहरुमा सञ्चालन गर्ने, गाउँपालिका स्तरिय पानी परियोजना सल्लाहकार समिति उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षतामा गठन गर्ने साथै गठित गाउँपालिका स्तरिय पानी परियोजना सल्लाहकार समितिले पानी परियोजनाको कार्यक्रमबारे विस्तृत अध्यन गरि सल्लाह सुझाव दिने निर्णय गरिएको छ ।
साथै बैठकले विभिन्न वडामा विद्युतिकरणको योजना कार्यान्वयनका लागि आवस्यक प्रक्रियामा सहजीकरण गर्नका लागि नेपाल विद्युत प्रधिकरण वितरण शाखालाई पत्राचार गर्ने, माघि पर्बको थारु महोत्सवका लागि सहयोग गर्ने निर्णय गरिएको छ ।

 

आर्थिक वर्ष: