FAQs Complain Problems

समाचार

राप्तीमा राष्ट्रिय शिक्षा दिवस र अन्तरराष्ट्रिय साक्षरता दिवस  शिक्षा क्षेत्रमा राम्रो कार्यगर्ने लाई सम्मान

राप्तीमा राष्ट्रिय शिक्षा दिवस र अन्तरराष्ट्रिय साक्षरता दिवस 
शिक्षा क्षेत्रमा राम्रो कार्यगर्ने लाई सम्मान

 

“हामी सबैको प्रण सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण” मुल नारा सहित राप्ती गाउँपालिकामा आईतवार ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तरराष्ट्रिय साक्षरता दिवस भब्य रुपमा सम्पन्न गरिएको छ ।
सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता राप्ती गाउँपालिका कार्यवाहक अध्यक्ष एवं उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको प्रमुख आथित्यता, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माको विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका क्षेत्रमा शिक्षा क्षेत्रको प्रगतिमा सहयोग पु¥याउने ब्यक्तिहरुलाई सम्मान गरिएको छ ।
राप्ती गाउँपालिकामा आईतवार  ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर उत्कृष्ट विद्यार्थी, शिक्षक, विद्यालय, अभिभावकहरुलाई सम्मान गरिएको राप्ती गाउँपालिका  शिक्षा अधिकृत विश्वास विकले जानकारी दिनुभएको छ । 

शैक्षिक सत्र २०७५ मा गाउँपालिका अन्तरगत सामुदायिक विद्यालय तर्फ कक्षा ५, कक्षा ८, मा उत्कृष्ट मा उत्कृष्ट हुने छात्र छात्रा, शैक्षिक सत्र २०७५ मा गाउँपालिका अन्तरगत सामुदायिक विद्यालय तर्फ माध्यमिक शिक्षा परीक्षा मा उत्कृष्ट विद्यार्थीहरुला ई नगद पुरस्कार र प्रमाण पत्रले  सम्मान गरिएको छ । शैक्षिक सत्र २०७५ मा गाउँपालिका अन्तरगत सामुदायिक विद्यालय तर्फ कक्षा ५ मा उत्कृष्ट हुने छात्र तर्फ सिता भण्डारी,अभिशेक परियार, सामुदायिक विद्यालय तफ ८ तर्फ अर्जुन रिजाल, निशा केसी, संस्थागत विद्यालय तर्फ कक्षा ८ मा उत्कृष्ट विनिता केसी, खुशिराम रोकामगर, सामुदायिक विद्यालय तर्फ यस ई ई उत्कृष्ट माध्यमिक विद्यालय मौरीघाटका छात्र सरोज ज्ञवाली, सर्वोदय मा वि सिसहनियाकीँ छात्रा तारा केसी, संस्थागत विद्यालय तर्फ माध्यमिक शिक्षा परीक्षा मा उत्कृष्ट पब्लिक एजुकेशन एकेडेमी लालमटियाका छात्र  प्रदिप जिसी जिल्ला प्रथम, देउखुरी भ्याली इं स्कुल भालुबाङकी छात्रा अनिशा शर्मा लाई नगद पुरस्कार र प्रमाण पत्रले  सम्मान गरिएको हो  ।

दिवसको अवसर पारेर उत्कृष्ट विषयगत शिक्षकहरुलाई सम्मान गरिएको छ । सामाजिक, अंग्रेजी, गणित, नेपाली, विज्ञान विषयका शिक्षकहरुलाई सम्मान गरिएको हो  ।

प्राथमीक शिक्षक तर्फ श्री शंकर माध्यामीक विद्यालय पिपरीकी  सामाजिक शिक्षीका सीता शर्मा, श्री दुर्गा भवानी आधारभुत विद्यालय मसुरियाका अंग्रेजी शिक्षक सुर्यप्रकाश भण्डारी, श्री भद्रासी देवि प्राथमीक विद्यालय धापखोलाकी विज्ञान  शिक्षीका भागमणि चौधरी, श्री सगरमाथा प्राथमीक विद्यालय भुल्केका गणित शिक्षक चेतनाथ उचही मगर, श्री प्राथमीक विद्यालय थकरीकोटका नेपाली  शिक्षक देवमणि उचही मगर, आधारभूत तहमा शिक्षक श्री माध्यामकि विद्यालय मौरिघाटका सामाजिक शिक्षक बसन्तराज घिमिरे, श्री जनज्योति आधारभुत विद्यालय नयाँगाउँ सुंगुरेका विज्ञान शिक्षक लक्ष्मी पौडेल, श्री जनता आधारभुत करङ्गेकोटका नेपाली शिक्षक रामबहादुर थापा मगर,    श्री नव प्रतिभा आधारभुत विद्यालय पाखापानीका गणित शिक्षक सिसिरराज घिमिरे, श्री सरस्वती आधारभुत विद्यालय छोट्की सिसहनियाका     अंग्रेजी  शिक्षक शेषमणि चौधरी    , माध्यामीक तह तर्फका  श्री आदर्श नमुना माध्यामकि विद्यालय लालमटियाका नेपाली शिक्षक निर्मला बञ्जाडे, श्री आदर्श नमुना माध्यामकि विद्यालय लालमटियाका अंग्रेजी शिक्षक     मिनबहादुर बुढाथोकी, श्री सर्वोदय माध्यामकि विद्यालय सिसहनियाका सामाजिक शिक्षक  विनोद गुप्ता, श्री शंकर माध्यामकि विद्यालय पिपरीका गणित शिक्षक अनुप चौधरी र ज्ञानोदय माध्यामकि विद्यालय पत्थरगढवाका    विज्ञान  शिक्षक रविन चौधरी र  उत्कृष्टे बाल विकास सहयोगी कार्यकर्तामा श्री नवप्रतिभा आधारभुत विद्यालय पाखापानीकी    सहयोगी कार्यकर्ता चन्द्रकुमारी अधिकारी, उत्कृष्ट छनौट हुने विद्यालय कर्मचारीमा श्री आदर्श माध्यमिक विद्यालय लालमटियाका विद्यालय सहयोगी श्री विरप्रसाद चौधरी लाई सम्मान गरिएको शिक्षा अधिकृत बासुदेव खनालले जानकारी दिनुभएको छ । 

४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर हरेक क्षेत्रमा उत्कृष्ट रहेका  दुई विद्यालय सामुदायिक तर्फ  श्री ज्ञानोदय माध्यमिक विद्यालय पत्थरगढवा र संस्थागत तर्फ  श्री पब्लिक इजुकेशन एकेडेमी लालमटिया लाई सम्मान गरिएको छ । साथै  उत्कृष्ट प्रधानाध्यापक सामुदायिक विद्यालय श्री सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द बहादुर के सी र संस्थागत विद्यालय श्री पब्लिक इजुकेशन एकेडेमी का प्रधानाध्यापक विक्रान्त ज्ञवाली लाई सम्मान गरिएको छ । 
विद्यालय संञ्चालन, विद्यार्थीको जिम्मेवारी तथा शैक्षिक गुणस्तर सुधारमा सक्रिय भुमीका निर्वाह गर्ने विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी मध्य उत्कृष्ट  अभिभावकको रुपमा समेत सम्मान गरिएको छ ।

श्री आदर्श नमुना माध्यामीक विद्यालय लालमटियाकी माया पोख्रेल, श्री माध्यामीक विद्यालय मौरिघाटकी  शान्तराज पौडेल, श्री सर्वोदय माध्यामीक विद्यालय सिसहनियाकी    मुमा पोख्रेल,
श्री शंकर माध्यामीक विद्यालय पिपरीकी    पार्वती वि.क.,श्री  नेपाल राष्ट्रिय माध्यामीक विद्यालय .भालुवाङका दुर्गाप्रसाद पन्थी, ज्ञानोदय माध्यामीक विद्यालय पत्थरगढवाका हरिप्रसाद चौधरी, श्री जनज्योती नि.माध्यामीक विद्यालय .नयागाउ सुगुरेकी हरिकला कुमाल, श्री नवज्योती आधारभुत विद्यालय सिरीचौरकी    गणिसरा बस्नेत, श्री वि.पि. आधारभुत विद्यालय वसन्तापुरकी चुमा घतीर्, श्री जनता आधारभुत करङ्गेकोटकी इश्वरी थापा मगर, श्री नवप्रतिभा आधारभुत विद्यालय .पाखापानीकी शुसिला जैसी, श्री सरस्वती आधारभुत विद्यालय छोट्की सिसहनियाकी    कमला सुवेदी, श्री बालकल्याण आधारभुत विद्यालय पहरुवाकी    गीता चौधरी, श्री दुर्गाभवानी प्राथमीक विद्यालय मसुरियाकामिनबहादुर चौधरी, श्री वराह प्राथमीक विद्यालय वगासोती    युमा राना, श्री जनता प्राथमीक विद्यालय खुरुरियाकी सुगामोति चौधरी, श्री भद्रासी देवि प्राथमीक विद्यालय धापखोलाका ताम बहादुर खैकला मगर, श्री रात्री  प्राथमीक विद्यालय मौरिघाटकी    अनिमा चौधरी, श्री सगरमाथा प्राथमीक विद्यालय भुल्केकी सीता सिञ्जाली, श्री प्राथमीक विद्यालय थकरीकोटका    सुरेश थापा मगर, श्री जनकल्याण प्राथमीक विद्यालय कालापानीकी    खुमा चौधरी, श्री नुतन बाल उद्यान प्राथमीक विद्यालय सिङगे    की एमा परियारी, हंशेश्वर प्राथमीक विद्यालय भगवानपुरका जगत नारायण चौधरी, श्री राप्ती गंगा प्राथमीक विद्यालय चैतेदमारकी     मिना मगर, श्री स्वर्गद्धारी प्राथमीक विद्यालय पुल्चोक, भालुवाङका    हेमराज विष्ट, श्री देवि प्राथमीक विद्यालय मसेरीडाडाका खुमबहादुर गाहा मगर, श्री सपांदी प्राथमीक विद्यालय यानीघोसकाद    गिरबहादुर बुढामगर, श्री बाल प्रगती प्राथमीक विद्यालय तल्लोघोसखोलाका विष्णु कुवर, श्री आधारभरत विद्यालय रुपाकोटकी सरिता खुङजु, श्री रजया मुस्तफा भालुवाङका लाल महोम्मद मिया लाई सम्मान गरिएको छ 

 

 

तिर्थराज  ज्ञवाली
मसुरीया(देउखुरी दाङ)

आर्थिक वर्ष: