FAQs Complain Problems

समाचार

राप्तीमा लैङ्गिक हिंसा विरुद्धको अभियान, श्रीमान श्रीमतिलाई समविकास तालिम ।

मंसीर १४(मसुरीया देउखुरी दाङ) लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सफल बनाउदै समाजमा लैङ्गिक हिंसा अन्तका लागि राप्ती गाउँपालिकाको कार्यालयले सरोकारवालाको साथमा अभियान सञ्चालन गरिरहेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई पालिका भरिका कार्यालय, संघ संस्थाले प्राथमिकतामा राखेर सचेतना अभियान चलाउन राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले सबैमा आब्हान गर्नु भएको छ । गाउँपालिका संग समन्वयमा राप्ती क्षेत्रमा विभिन्न उदेश्य लिएर काम गर्दै आएको आधा दर्जन संघ संस्थाले लैङ्गिक हिंसा विरुद्धको अभियानमा एक्यबद्धता जनाउदै सहकार्य गरिरहेको उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले बताउनु भएको छ । मंगलवार लैङ्गिक हिंसाको शिकारमा परेका र प्रभावितहरुको सहभागितामा जोडी सचेतनाका लागि समविकास तालिमको क्रममा करिव १८ जोडिलाई लैङ्गिक हिंसाको बेफाईदाको वारेमा प्रशिक्षण सुरु गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जिवन कुमारी जीसीले जानकारी दिनु भएको छ । अभियानकै क्रममा सन २०१७ देखी लैङ्गिक समानता तथा समाबेशिकरणको क्षेत्रमा काम गर्दै आएको नामसालिङ सामुदायिक विकास केन्द्र दाङका प्रमुख शशाङ्क बाबु आचार्यले नागरिकमा हिंसा के हो र हिंसाका नकारात्मक प्रभावका वारेमा सचेतना आवस्यक रहेको बताउनु भएको छ । नामसालिङ संस्थाले आफु मातहतका समुह, लाभग्राहि तथा सेवा ग्राहिमा लैङ्गिक हिंसा अन्त्यको लागि वकालत गर्दै समता कार्यान्वयमा जोड दिदै आएको आचार्यले बताउनु भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा राप्ती गाउँपालिका क्षेत्रमा नेपाल ग्रामिण पुन निर्माण संस्था (आर आर एन)ले दासता बाट नागरिकलाई स्वतन्त्र बनाउदै कामको सम्मान र समान ज्यालालाई प्राथमिकताका साथ अघि बढाएको बताउदै आर आर एन संयोजक दिपक बोहराले महिलाले काम गर्न सक्दैन भन्ने भावना त्याग्नु पर्ने र नेपालको संविधान २०७२ र श्रम ऐन २०७४ अनुसार कामको आधारमा कोहि कसैलेपनी कामका आधारमा हिंसा गर्न नहुने बताउनु भएको छ । आर आर एनले राप्ती गाउँपालिकामा महिला समुह निर्माण गरि महिलाहरुलाई गोलबद्ध गर्ने, सशत्तिकरण गर्नेकाम गर्दै आएको र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सफल पार्न सरोकारवालाहरु संग सहकार्य गर्दै आएको संयोजक दिपक बोहराले बताउनु भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सरोकारवालाहरुले गाउँगाउँ र बस्ती देखी परिवार सम्म पुराउन आवस्यक रहेको ईन्टरनेशनल आईडियाका प्रियंका थापा र कविता कार्कीले बताउनु भएको छ । नागरिकलाई यो १६ दिन विभिन्न कार्यक्रम मार्फत जानकारी दिदा नजानिदो तरिकाले गरिएको ब्यवहार समेत हिंसा हुन सक्छ भन्ने सिकाउन आवस्यक रहको प्रियंका थापा र कविता कार्कीले बताउनु भएको छ । राप्ती गाउँपालिका गाउँकार्यपालकाको कार्यालयले सरोकार वालाहरुको सहकार्यमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत पर्चा पम्पलेट टास, रेडियो टेलिभिजन, माईकिङमा सचेतना सन्देश प्रशारण, भेला, छलफल सञ्चालन गर्दै आएको छ ।

आर्थिक वर्ष: