FAQs Complain Problems

समाचार

राप्तीमा सहकारीहरु संग ६२ औ सरकारी दिवश मनाउने वारेमा छलफल

राप्तीमा सहकारीहरु संग ६२ औ सरकारी दिवश मनाउने वारेमा छलफल

राप्ती गाउँपालिकामा आगामी चैत्र २० गते आयोजना गरिने ६२ औ सरकारी दिवश मनाउने वारेमा छलफल गरिएको छ ।
राप्ती गाउँपालिकामा आवद्ध विभिन्न उदेश्य बोकेका  ३८ सहकारीहरु विचमा सहकार्य गरि दिवश मनाउने बारेमा छलफल गरिएको हो  ।
राप्ती गाउँपालिका गाउँकार्यपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा बसेको सहकारीकर्मीहरु संगको बैठकले विगतका दिनमा सहकारीहरुले मनाउदै आएको सहकारी दिवशलाई संयुक्त रुपमा सबै सहकारीको मेलमीलापमा मनाउनका लागि छलफलको आयोजना गरिएको हो ।
राप्ती गाउँपालिका कृषि तथा सहकारी शाखाको आयोजनामा भएको छलफलमा राप्ती गाउँपालिकाले सहकारी दिवश मनाउनका लागि सहकारीहरु संग समन्वय गर्ने उदेश्यका साथ छुट्याईएको रकम बाट पुग्ने गरि कार्यक्रम गर्ने छलफल गरीएको छ ।
छलफल बाट सहकारी दिवशको अवसरमा सहकारी गीत प्रतियोगिताको आयोजना गर्ने, ¥याली गर्ने तथा औपचारीक कार्यक्रमको आयोजना गर्ने निकर्ष निकालीएको छ । 

तिर्थराज ज्ञवाली
११ चैत्र, मसुरीया(देउखुरी दाङ)

आर्थिक वर्ष: